२०८२ जेष्ठ ३१ शुक्रबार
LATEST NEWS
२०८२ जेष्ठ ३१ शुक्रबार

३२४ टिमलाई उछिन्दै बाघ ई-स्पोर्ट्सले जित्यो वेस्टमिन्स्टर कलेज पब्जी प्रतियोगिता

काठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर कलेजले सञ्चालन गरेको प्रतियोगितामा ‘बाघ’ले १३२ अंक प्राप्त गर्दै उपाधि जितेको हो ।

२ जुनदेखि सुरु भएको उक्त प्रतिस्पर्धामा ३२४ टिमबाट १,६२० खेलाडी सहभागी भएको आयोजकले जानकारी दिएको छ । छ दिनसम्म सञ्चालन भएको अनलाइन प्रतिस्पर्धाबाट उत्कृष्ट प्रदर्शन गर्ने १६ टिमले अन्तिम चरणको लागि स्थान सुरक्षित गरेका थिए ।

अन्तिम १६ मा स्थान बनाउने टिमहरूमा बाघ ई–स्पोर्ट्ससँगै फोर डेथ मेशिन्स, फोर अन्डरडग्स, एब्रप्ट स्लेयर्स, एई, बीएसी, दाइ ई–स्पोर्ट्स, ईजी फाइभ, एलएफएम, फोर वाईडी, नेपाल गेमिङ (एनजी), आरसी थर्टीटु, रियल सेभेज, आरथग, श्रीपेच ई–स्पोर्ट्स र ह्वाइट डेविल्स रहेका थिए ।

यी टिमहरूले ८-१० जुनसम्म ल्यान टुर्नामेन्टमा १५ खेल खेलेका थिए । सोही खेलहरूमा बाघले १३२ अंक ल्याउँदै उपाधि जित्न सफल भयो ।

उपाधिसँगै बाघले नगद ५०,००० रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । नेपाल गेमिङ (एनजी) ले १२६ अंक ल्याएर दोस्रो स्थान प्राप्त गर्दै २०,००० रुपैयाँ जित्दा बीएसीले १२४ अंकका साथ तेस्रो स्थान हासिल गरी १०,००० रुपैयाँ प्राप्त गर्‍यो ।

फ्यान फेभरेट टिम घोषित भएको बाघले थप ६,००० रुपैयाँ प्राप्त गरेको छ । त्यसैगरी चिकेन डिनर जित्ने टिमहरूलाई कुल ९,००० रुपैयाँ प्रदान गरिएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी फोर डेथ मेशिन्सका आदित्य घोषित भए । उनले नगद ५,००० रुपैयाँ पुरस्कार प्राप्त गरे ।

ई–स्पोर्ट्स हब तथा टेनेट्सको सहकार्यमा सम्पन्न ‘वेस्टमिन्स्टर शोडाउन २०२५’ कार्यक्रमको मोबिलिटी पार्टनरमा टुटल तथा डिजिटल पार्टनरको रूपमा डिजीपल सोलुसन्स रहेका थिए । 

कार्यक्रमपछि प्रतिक्रिया दिँदै कलेजका हेड अफ एडमिशन एण्ड मार्केटिङ गोविन्द देव बल्लभ अधिकारीले भने, “यस्ता प्रतिस्पर्धा केवल मनोरञ्जनका लागि मात्र नभई लिडरशिप, टिमवर्क र आत्मविश्वास विकास गर्ने एउटा माध्यम हो । वेस्टमिन्स्टर शोडाउन २०२५ ले युवाहरूलाई आफ्नो प्रतिभा देखाउने उत्कृष्ट मञ्च प्रदान गरेको छ ।”

 

पछिल्लो अध्यावधिक: जेठ २९, २०८२ १५:११





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट