२०८२ जेष्ठ ३१ शुक्रबार
२०८२ जेष्ठ ३१ शुक्रबार

प्रहरी महानिरीक्षक थापाद्वारा प्रहरी अस्पतालको निरीक्षण

काठमाडौं। प्रहरी महानिरीक्षक दीपक थापाले स्वास्थ्य सेवाजस्तो महत्वपूर्ण  सेवामा समर्पित अस्पतालका प्रहरी कर्मचारीले सामूहिक भावनाका काम गर्ने निर्देशन दिएका छन्।

आज नेपाल प्रहरी अस्पताल महाराजगञ्जको निरीक्षणपश्चात् आयोजित कार्यक्रममा उनले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सन्दर्भमा अस्पतालले उचित परामर्श, असल व्यवहारमा काम गर्न आग्रह गरे।

प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज भवनमा रहेका शैक्षिक कार्यक्रम स्थानको अवलोकन गर्नुका साथै आकस्मिक कक्ष, विभिन्न विभाग, वार्ड, फार्मेसीलगायत विभिन्न युनिटको निरीक्षण तथा अवलोकन गरे।

अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा सुन्दरप्रसाद ह्योजु, प्राविधिक प्रहरी उपरीक्षक डा समृद्धि कार्कीले अस्पतालको पृष्ठभूमि, मानवश्रोत व्यवस्थापन, उपलब्ध सेवा तथा सेवाग्राहीको विवरण, उपकरण र नयाँ प्रविधिको प्रयोग, विभिन्न निकायसँगको समन्वय, कल्याण कोषसम्बन्धी जानकारी, कार्यान्वयनमा रहेका नीतिगत निर्णय, कर्मचारी लक्षित कार्यक्रम, समस्या तथा चुनौती र भावी कार्ययोजनालगायत विषयमा प्रस्तुतीकरण गरेका थिए।


सामाग्री श्रोत :

प्रहरी महानिरीक्षक थापाद्वारा प्रहरी अस्पतालको निरीक्षण

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट