२०८२ जेष्ठ ३१ शुक्रबार
२०८२ जेष्ठ ३१ शुक्रबार

सङ्खुवासभामा तरकारी तथा फलफूल पसल अनुगमन

किमाथाङ्का (सङ्खुवासभा)। सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा तरकारी तथा फलफूल पसल अनुगमन गरेको छ। खाँदबारी नगरपालिकाको नेतृत्व तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाको प्राविधिक सहकार्यमा तरकारी तथा फलफूल पसलको अनुगमन गरेको हो।

जिल्लाको सरोकारवाला निकायको उपस्थिति एवं खाँदबारी नगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र उद्योग वाणिज्य संघसहितको टोलीले सदरमुकाम खाँदबारीमा विभिन्न तरकारी तथा फलफूल पसलको अनुगमन गरेको हो।

जनगुनासो आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाको प्राविधिक सहकार्यमा खाँदबारीको बुधबारे हटियाका विभिन्न तरकारी तथा फलफूल पसलको अनुगमन गरिएको खाँदबारी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पदम बजगाईँले बताए। संयुक्त अनुगमन टोलीले खाँदबारी हाट बजारका विभिन्न तरकारी तथा फलफूलका नमूना संकलन गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका खाद्य निरीक्षण अधिकारी सुशील कोइरालाले बताए।

सिमी, बोडी, लौका, रामतोरिया, गोलभेडा ,काँक्रा, ब्याज, काउली, करेला, अङ्गुर आँप, लिचीसहित १३ प्रकारका नमूना संकलन गरेर विराटनगर पठाइएको खाद्य निरीक्षक कोइरालाले बताए। अनुगमन टोलीले खाजाघर चटपटे पसल अनुगमन गर्दा कृत्रिम खाद्य रंगबाट बनाएका र मसी प्रयोग तथा पत्रपत्रिकामा प्याकिङ गरिएका जेरी समोसा, आलुचप जफत गरी नष्ट गरेको छ। अनुगमन टोलीले ती पसललाई खाद्य स्वच्छता कायम गर्न र गल्ती नदोहोर्‍याउन सचेत गराएको छ।


सामाग्री श्रोत :

सङ्खुवासभामा तरकारी तथा फलफूल पसल अनुगमन

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट