२०८२ जेष्ठ ३१ शुक्रबार
२०८२ जेष्ठ ३१ शुक्रबार

काज फिर्ता र रमाना हुन बाँकी कर्मचारीलाई तीन दिन भित्र हाजिर हुन मन्त्रालयको पत्र

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकाय तथा कार्यालयमा काजमा कार्यरत रहेका र सरुवा भइ रमाना हुन बाँकी रहेका कर्मचारीलाई तीन दिन भित्र पदाधिकार रहेको निकायमा हाजिर हुन पत्राचार गरेको छ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलको सक्रियतामा मन्त्रालयले काज फिर्ता र रमाना हुन बाँकी कर्मचारीलाई पदाधिकार रहेको निकायमा हाजिर हुन पठाउने र पदस्थापना नभएका कर्मचारीको पदस्थापन गर्ने कार्य तीन दिनभित्र सम्पन्न गरी मन्त्रालयलाई जानकारी गराउन पत्राचार गरेको छ।

यसका साथै मन्त्रालयले उक्त निर्णय कार्यान्वयन नगर्ने कार्यालय प्रमुखबाट काजमा रहेका र रमाना हुन बाँकी कर्मचारीले भुक्तानी लिएको तलबभत्ता लगायतका सेवा सुविधा बापतको रकम असुल गरी विभागीय कारबाही समेत हुने विषय पत्रमा उल्लेख छ।

‘तहाँ निकाय वा अन्तर्गत कार्यालयहरुमा काजमा कार्यरत रहेका र सरुवा भई रमाना हुन बाँकी रहेका कर्मचारीलाई पदाधिकार रहेको निकायमा हाजिर हुन पठाउने र पदस्थापना नभएका कर्मचारीको पदस्थापन गर्ने कार्य ३ (तीन) दिनभित्र सम्पन्न गरी यस मन्त्रालयलाई जानकारी गराउनु हुन साथै उक्त बमोजिम कार्य नगर्ने कार्यालय प्रमुखबाट काजमा रहेका र रमाना हुन बाँकी कर्मचारीले भुक्तानी लिएको तलबभत्ता लगायतका सेवा सुविधा वापतको रकम असुल गरी नियमानुसार विभागीय कारवाही समेत हुने व्यहोरा नेपाल सरकार (सचिवस्तर) को मिति २०८२/२/२८ को निर्णयानुसार अनुरोध गरिन्छ,’ पत्रमा भनिएको छ।
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट