२०८२ जेष्ठ ३० बिहीबार
LATEST NEWS
२०८२ जेष्ठ ३० बिहीबार

पत्रकार पाठक विरुद्धको पक्राउ पुर्जी फिर्ता लिन काँग्रेस-एमाले निकट पत्रकारको आग्रह

काठमाडौँ । सत्तारूढ दुई ठुला दल नेपाली काँग्रेस र एमाले निकट पत्रकारहरूका सङ्गठनले पत्रकार दिलभुषण पाठक विरुद्ध जारी पक्राउ पुर्जी फिर्ता लिन माग गरेका छन् । बुधबार छुट्‍टाछुट्‍टै विज्ञप्ति जारी गर्दै नेपाल प्रेस युनियन र प्रेस चौतारीले सम्बद्ध पक्षसँग यस्तो आग्रह गरेका हुन् ।

काँग्रेस निकट प्रेस युनियनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ पुर्जी जारी भएको घटनाले सञ्चार क्षेत्रलाई त्रसित र चिन्तित बनाएको उल्लेख गरेको छ । “समाचार चित्त नबुझे प्रेस काउन्सिल नेपाल जान सक्ने कानुनी व्यवस्था हुँदाहुँदै पत्रकारिता क्षेत्रलाई नियमन गर्ने कानुन अनुसार नभई विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार पत्रकारलाई मुद्‍दा चलाउने कार्य घोर आपत्तिजनक छ,” विज्ञप्तिमा प्रेस युनियनले भनेको छ । त्रुटिहरूलाई सच्याउन र स्वतन्त्र प्रेसको मूल्य, मान्यतालाई आत्मसाथ गर्न युनियनले सबै पक्षलाई आग्रह समेत गरेको छ ।

त्यस्तै नेपालको संविधानमै पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरिएको उल्लेख गर्दै एमाले निकट प्रेस चौतारीले पत्रकार पाठकमाथि पक्राउ पुर्जी जारी हुनुलाई गम्भीरतापूर्वक लिएको छ । “प्रकाशित वा प्रसारित सामग्रीमा असन्तुष्टि वा विवाद उत्पन्न भएको अवस्थामा त्यसको प्रारम्भिक निरूपण र मूल्याङ्कन गर्ने संवैधानिक तथा कानुनी अधिकार प्रेस काउन्सिल नेपालमा निहित छ,” विज्ञप्तिमा भनिएको छ ।

अदालतले प्रारम्भिक आदेशको पुनरावलोकन गर्दै संविधान र विधिको मर्म अनुरूप सुधार गर्ने र नेपाल प्रहरीको साइबर ब्युरोले पनि पत्रकार पाठकमाथि जारी गरेको पक्राउ पुर्जी तत्काल खारेज गरी प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता दर्साउने आशा व्यक्त गरेको छ । 

पछिल्लो अध्यावधिक: जेठ २८, २०८२ १६:३३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट