२०८२ जेष्ठ ३० बिहीबार
LATEST NEWS
२०८२ जेष्ठ ३० बिहीबार

अनलाइनबाट समाचार हटाउन अदालतले दिएको आदेश प्रेस स्वतन्त्रता विपरीत: पत्रकार महासंघ

काठमाडौँ । नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचार तत्काल हटाउन जिल्ला अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशलाई प्रेस स्वतन्त्रताविपरीत ठहर गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै महासंघले अदालतको उक्त निर्णयमा आफ्नो प्रतिक्रिया दिएको हो ।

काठमाडौँ जिल्ला अदालतले मंगलबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको मुद्दामा नेपालखबर डटकम र बिजमाण्डु डटकमलाई उनीसँग सम्बन्धित समाचार हटाउन र यस विषयमा थप सामग्री प्रकाशन नगर्न आदेश दिएको थियो ।

अदालतको उक्त आदेश प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमप्रति कारबाही गर्न पाउने संवैधानिक अधिकारमाथिको हस्तक्षेप भएको पत्रकार महासंघको जिकिर छ । साथै, प्रेस स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मान्यता, नेपालको संविधान २०७२ को मर्म र व्यवस्था विपरीत रहेको महासंघले ठहर गरेको छ ।

संविधानले प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेको भन्दै महासंघले प्रेस स्वतन्त्रताको यो संवैधानिक व्यवस्थालाई कुनै पनि निकायको आदेशले सीमित गर्न नसक्ने स्पष्ट पारेको छ ।

“लोकतान्त्रिकमा न्यायालयको निर्णय पालना हुनुपर्छ भन्ने महासंघ दृढ छ र सम्मान समेत गर्दछ । तर, अदालतको यो आदेश नेपालको संविधानका व्यवस्था र मर्म, प्रेस स्वतन्त्रताको प्रचलित मान्यता र अभ्यासविपरीत भएकाले यसप्रति महासंघ आपत्ति प्रकट गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

महासंघले आदेशप्रति पुनर्विचार गर्न आग्रह गर्दै अन्यथा त्यसका विरुद्ध अदालती प्रक्रिया तथा अन्य गतिविधि गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २८, २०८२ १५:२५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट