काठमाडौँ । चाङ्गन अटोमोबाइल अन्तर्गतको न्यु इनर्जी भेहिकल ब्रान्ड दीपल ईभीको डेलिभरी विश्वभर पाँच लाख युनिट पार गरेको छ । गएको मे महिनामा मात्र दीपलका २५ हजार पाँच ५२१ युटिन ईभी बिक्री भएका थिए । जुन गत वर्ष मे महिनाको तुलनामा ७८ प्रतिशतले बढी हो भने यो वर्षको अप्रिलको तुलनामा २७ प्रतिशतले बढी हो ।

हाल दीपल ब्रान्ड अन्तर्गत एसएल०३, एस०७, जी३१८, एल०७, एस०५ र एस०९ गरी पाँच मोडलको बिक्री वितरण भइरहेको छ । यसमध्यै दीपल ए०९ औपचारिक रूपमा गएको २२ मेमा सार्वजनिक भएको थियो ।
६ सिट भएको ठुलो आकारको एसयूभी दीपल एस०९ पाँच ओटा ट्रिममा उपलब्ध छ । एस०९ हार्मोनी स्पेस ५ स्मार्ट ककपिट सिस्टम भएको पहिलो कार हो ।
यसमा १६ः९ एस्पेक्ट रेसियो २१.४ इन्चको ३के सिलिङ माउन्टेड रियर इन्टरटेन्मेन्ट सिस्टम छ । जसलाई ० देखि ७५ डिग्रीसम्म टिल्ट गर्न सकिन्छ । इन्फोटेन्मेन्ट सिस्टममा डाइनामिक पानारोमिक साउन्ड, किड्स एक्सक्लुसिभ असिस्टेन्ट, कस्टमाइजेबल सिन ब्लक्स र स्पासियल म्याजिक क्युब फङ्क्सन पनि रहेको छ ।

साथै यसमा ह्वावेको कियान कुन इन्टेलिजेन्ट एडीएस ३.३ ड्राइभिङ असिस्टेन्ट सिस्टम रहेको छ । दीपलले यो वर्षको अन्त्यसम्ममा एस०९ मा एडीएस४ अपग्रेड गर्ने बताएको छ । डब्लूईडब्लूए आर्किटेक्चरमा बन्ने नयाँ एडीएस४ सिस्टममा इन्ड टु इन्ड लेटेन्सी ५० प्रतिशत, ट्राफिक इफिसेन्सी २० प्रतिशतले बढाउनुका साथै हार्ड ब्रेकिङ फ्रिक्वेन्सी ३० प्रतिशतले घटाउने छ ।
दीपलले आउँदो वर्ष चीनमा तीन सय ओटा नयाँ एक्सपिरियन्स सेन्टर बनाउने योजना बनाएको छ । दक्षिणपूर्व एसिया र मध्य पूर्व बजारमा प्रवेश गरिसकेको दीपलले यो वर्ष युरोपमा प्रवेशमा पाएको छ ।
गत मेमा आयोजना भएको दीपल ब्रान्ड नाइटमा कम्पनीका सीईओ डेङ्ग चेन्घाओले स्मार्ट लिड २०३० विश्व नीति सार्वजनिक गरेका थिए । जसमा सन् २०३० सम्ममा विश्वभर २० लाख कार विक्री गर्ने लक्ष्य लिइएको छ । यो योजना अन्तर्गत चाङ्गनले ३० ओटा नयाँ मोडेल सार्वजनिक गर्नेछ ।
पछिल्लो अध्यावधिक: जेठ २८, २०८२ १३:२६
सामाग्री श्रोत :
टेक पाना