२०८२ जेष्ठ ३० बिहीबार
LATEST NEWS
२०८२ जेष्ठ ३० बिहीबार

एप्पलका नयाँ फिचरलाई लिएर सामसङको मजाक- ‘यी सुविधा त हामीले उहिल्यै ल्याएका हौं’

काठमाडौँ । एप्पलले सोमबार आफ्नो वार्षिक वर्ल्डवाइड डेभलपर्स कन्फरेन्समा आईओएस २६, वाचओएस २६ देखि केही नयाँ आर्टिफिसियल इन्टेलिजेन्स फिचरहरू घोषणा गर्‍यो । तर, यस घोषणासँगै प्रतिस्पर्धी सामसङले एप्पललाई गिज्याएको छ । 

एप्पलले अहिले ल्याएका फिचर आफ्ना डिभाइसमा पहिलेदेखि नै रहेको भन्दै सामसङ मोबाइलको अमेरिकी शाखाले सामाजिक सञ्जाल एक्समा एकपछि अर्को पोस्ट राखेको छ । 

एप्पलका अपरेटिङ सिस्टमहरूमा यूआई रिडिजाइन भएपछि सामसङले पहिलो पटक यो बहस सुरु गरेको थियो । एप कस्टमाइजेसनको विकल्प, फ्लोटिङ बार, स्लिक ग्लास यूआई आफूले पहिल्यै उपलब्ध गराएको सामसङको संकेत छ । 

त्यसपछि सामसङले लाइभ ट्रान्सलेसन (प्रत्यक्ष अनुवाद) फिचरबारे पनि एप्पललाई गिज्यायो । उसले आफ्ना ग्यालेक्सी डिभाइसहरूमा टेक्स्ट र स्पिचलाई वास्तविक समयमा अनुवाद गर्ने सुविधा धेरै समयदेखि उपलब्ध रहेको बताएको छ ।

एप्पल वाचका लागि प्रस्तुत गरिएका एआई सुविधाहरू पनि सामसङको खिल्लीबाट उम्कन सकेनन् । सामसङले एप्पलले भर्खरै ल्याएका यी एआई सुविधाहरू आफ्ना उत्पादनमा पहिलेदेखि नै रहेको भन्दै एप्पलको मजाक उडाएको हो ।

स्मार्टफोन निर्माताहरूबिच यसरी एक-अर्कालाई गिज्याउनु सामान्य नै हो । एप्पलले पनि कहिलेकाहीँ यसो गर्छ । तर यसपटक सामसङले एकपछि अर्को व्यङ्ग्य गरेको छ । जे होस्, यसले प्रविधिप्रेमीहरूलाई भने केही मनोरञ्जन दिएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २८, २०८२ ११:५६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट