नेपालमा नसर्ने रोगहरुको भार बढ्दो क्रममा छ। नसर्ने रोगहरुको भारलाई हेर्दा मानसिक स्वास्थ्य समस्याको हिस्सा १८ प्रतिशत रहेको छ। मानसिक समस्यl बढ्दो क्रममा रहेको विभिन्न अध्ययनहरुले देखाइरहेको छ। तर मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने जनशक्ति भने नेपालमा अभाव रहेको पाइन्छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को प्रतिवेदनअनुसार नेपालमा प्रति १ लाख जनसंख्यामा जम्मा ०.१३ जना मनोचिकित्सक र ०.०३ जना मनोवैज्ञानिक मात्र उपलब्ध छन्। ‘क्लिनिकल मनोवैज्ञानिक’को संख्या अझ न्यून छ र अनधिकृत व्यक्तिहरूले अवैधानिक रूपमा मनोपरामर्शको नाममा गलत व्यवस्थापन गर्दा बिरामीहरू थप पीडित बनेका छन्।
डब्ल्यूएचओ रिपोर्ट अनुसार नेपालमा एक लाख जनसंख्याका लागि मानसिक स्वास्थ्य जनशक्तिको संख्या निम्नानुसार छ:
०.१३ जना मनोचिकित्सक: नेपालमा जनसंख्या अनुसार मानसिक स्वास्थ्य सेवामा ठूलो अभाव देखिन्छ। प्रति १ लाख जनसंख्यामा मात्र ०.१३ जना मनोचिकित्सक मात्र नेपालमा उपलब्ध छन्। विशेषगरी डिप्रेशन, एन्जाइटी, सिजोफ्रेनिया र बायोपोलार डिसअर्डर जस्ता रोगहरू समयमै उपचार नपाउँदा जीवनको गुणस्तरमा गम्भीर असर पुर्याउँछन्। तर, सेवा र जनशक्तिको अभावले गर्दा धेरै व्यक्ति आवश्यक उपचारबाट वञ्चित भइरहेका छन्।
मानसिक स्वास्थ्यसम्बन्धी कलंक र चेतनाको अभावले धेरै मानिसहरूलाई उपचार सेवाबाट वञ्चित बनाएको छ। समाजमा मानसिक समस्या भएका व्यक्तिहरूलाई कमजोर, असामान्य वा पागल ठान्ने धारणा अझै पनि व्यापक छ। यसले गर्दा पीडितहरू खुलेर समस्या व्यक्त गर्न सक्दैनन् र उपचार लिन हिच्किचाउँछन्। यस अवस्थाले समस्या झन् जटिल बनाउने मात्र होइन, दीर्घकालीन असरसमेत पार्न सक्छ।
गम्भीर मानसिक रोगहरू जस्तै सिजोफ्रेनिया, साइकोसिस, डिल्युजनल डिसअर्डर, मूड डिसअर्डर तथा व्यवहार सम्बन्धी समस्या देखिने दौरा विकारहरू प्रायः औषधि उपचार आवश्यक पर्ने अवस्थाहरू हुन्।
यस्तै, डिप्रेशन, एन्जाइटी, पर्सनालिटी डिसअर्डर वा अन्य न्युरोसिस सम्बन्धी समस्याहरूमा औषधि र मनोचिकित्सकीय परामर्श दुबै उपयोगी हुन सक्छन्। हल्का मानसिक समस्याहरूमा त केवल परामर्श मात्र पनि पर्याप्त हुन सक्छ।
मनोचिकित्सकहरु बिरामीको अवस्थाअनुसार कुन उपचार उपयुक्त हुन्छ भनेर मूल्याङ्कन गर्न र सहयोग गर्न सक्षम छन्।
तर, धेरैजसो मानिसहरूमा ‘मनोचिकित्सककहाँ गइयो भने आजीवन औषधि खानुपर्छ’ भन्ने गलत धारणा व्याप्त छ, जुन सत्य होइन। हरेक बिरामीको अवस्था फरक हुन्छ र उपचार योजना पनि त्यसअनुसार फरक हुन सक्छ।
जसरी मानसिक समस्या भनेको सोचमा बुझाइमा अवान्छित दिशामा परिवर्तन हुनु हो भने समाधान भनेको पनि त्यसमा वान्छित दिशामा परिवर्तन ल्याउनु हो। यसका लागि औषधि र परामर्श दुवै उत्तिकै आवश्यक हुन्छ। ‘वान सईज डज नट फिट अल’ भनेझै सबैलाई एउटै तरिकाले उपचार गर्न पर्याप्त हुँदैन।
यस कारण मानसिक रोग निधानका लागि विविन्न अध्ययन र आभ्यासहरु बाहिर देश विदेशमा भइरहेका छन्।
नेपालमा केही दसकदेखि यी प्रयास भएता पनि हामी अझै पछि नै छौं। हरेक व्यक्तिको आवश्यता अनुसार रोगको रोकथाम र निवारण, न्यूनीकरण, उपचार पद्धति फरक हुनु आजको आवश्यकता हो।
यस समयको मागलाई अपनाउँदै होपफुल होराइजन्स सेन्टर फोर वेलविइङ झाम्शिकेल मा शुरु गरिएको छ |
यसमा उपचार अन्तर्गत विभिन्न उपचार पद्धतिहरु लाइसेन्स एवं अनुभवी मानोचिकित्सकहरु साथै लाइसेन्स मनोपरामर्शकर्ताबाट गरिन्छ।
होपफुल होराइजन्समा मानसिक स्वास्थ्य सेवाको गुणस्तर र पहुँच दुवैलाई प्राथमिकतामा राखिएको छ। यहाँ गोपनीयताको पूर्ण सुनिश्चितता दिइन्छ, जसले सेवाग्राहीलाई निडर र खुला रूपमा आफ्ना समस्याहरू व्यक्त गर्न सहयोग पुर्याउँछ।
यसका साथै अनलाइन सेवाको सुविधा पनि उपलब्ध रहेको छ।यहाँका सेवा प्रदायकहरू दक्ष र अनुभवी छन्, जसले व्यक्तिगत आवश्यकता अनुसार मूल्याङ्कन र उपचार प्रदान गर्दछन्।साथै, मृदुभाषी व्यवहार र स्वागतपूर्ण वातावरणले सेवाग्राहीलाई सुरक्षित र सम्मानित महसुस गराउने प्रयास गरिन्छ।
होपफुल होराइजन्स मानसिक स्वास्थ्य सेवा लिने यात्रालाई विश्वासिलो, सहज र प्रभावकारी बनाउने उद्देश्यले समर्पित छ।
सामाग्री श्रोत :
swasthyakhabar

