२०८२ जेष्ठ २५ शनिबार
२०८२ जेष्ठ २५ शनिबार

छात्रवृत्तिमा पढेका आँखा रोग विशेषज्ञ चिकित्सकहरूको प्रभावकारी परिचालन र सरकारको दायित्व

नेपालमा छात्रवृत्तिमा पढेका आँखा रोग विशेषज्ञ चिकित्सकहरूको दुई वर्षे सेवा अवधिलाई प्रभावकारी बनाउन पारदर्शी र सहभागितामूलक परिचालन प्रणाली आवश्यक छ। सरकारी अस्पतालमा पर्याप्त पूर्वाधार, उपकरण, जनशक्ति र बिरामीमैत्री वातावरण सुनिश्चित गर्नुपर्छ। अस्पतालको पूर्वमूल्यांकन, अनुभवी विशेषज्ञसँग सहकार्य र प्राविधिक सहयोगले सेवा गुणस्तरीय बनाउन सकिन्छ। 

समयमै तलब, प्रोत्साहन, मानसिक स्वास्थ्य सहयोग र सुरक्षित आवासले चिकित्सकको मनोबल र कार्यक्षमता बढ्छ। नेत्र सेवालाई मुख्य विभागको रूपमा स्थापित गर्दै मोतिबिन्दु शल्यक्रिया र अन्य विशेष सेवाहरू विस्तार गर्नुपर्छ। 

निजी क्षेत्रसँग सहकार्य गर्दा सरकारी जिम्मेवारीबाट पन्छिनुहुँदैन। थप अध्ययन, तालिम, र सम्मानजनक वातावरणले चिकित्सकहरूलाई देशको सेवा गर्न प्रेरित गर्छ, जसले सबै नेपालीका लागि गुणस्तरीय नेत्र सेवा सुनिश्चित गर्नेछ। 

छात्रवृत्तिमा पढेका आँखा रोग विशेषज्ञ चिकित्सकहरूको प्रभावकारी परिचालन र सरकारको दायित्वलाई यसरी बुझ्न सकिन्छ:
१.    दुई वर्षे सेवा अवधिमा आँखा रोग विशेषज्ञ (Ophthalmologist) चिकित्सकहरू जाने अस्पतालको विस्तृत जानकारी दिनु आवश्यक छ। त्यहाँ उपलब्ध नेत्र सेवा, उपकरणहरू, जनशक्ति स्थिति, बिरामीको आगमन संख्या आदिबारेयसरी गरेमा खटाइने ठाउँप्रति पूर्वतयारी भएर जान मिल्छ। 

– ‘टप-डाउन’ आदेशभन्दा ‘कोल्याबोरेटिभ डेभलप्मेन्ट’ को अभ्यास सुरु हुन्छ।
आँखा रोग विशेषज्ञ चिकित्सक सेवा स्थलमा ‘खटाइएको’ होइन, ‘सहमतिमा सहभागी भएको’ महसुस गर्न सक्ने पारदर्शी र सुरक्षित प्रणाली हुनु आवश्यक छ।देशका दुर्गम ठाउँमा सेवा गर्दा सम्मान, सुरक्षा र सहयोगको प्रत्याभूति पाउनैपर्छ।

२. छात्रवृत्तिमा पढेका चिकित्सकहरूको उचित परिचालन
•दुई वर्षे बोन्डमा रहेका आँखा रोग विशेषज्ञ (अप्थाल्मोलोजिष्ट) चिकित्सकहरूलाई  सरकारी अस्पतालहरूमा नै खटाउनु पर्छ।पहिले नै कार्यरत रहेका आँखा रोग विशेषज्ञ भएका अस्पतालहरूमा खटाइयो भने नयाँ आँखा रोग विशेषज्ञलाई प्रशिक्षण, मार्गदर्शन र सहकार्य गर्न सहज हुन्छ।

३.खटाउनु अघि अस्पतालको मूल्याङ्कन गर्नुपर्छ
अस्पतालको पूर्वाधार, उपकरण, आवश्यक जनशक्ति (अप्टोमेट्रिस्ट, अप्थाल्मिक एसिस्टेन्ट आदि) छन् कि छैनन् भनेर अध्ययन गर्नुपर्छ।
•    पूर्वका आँखा रोग विशेषज्ञहरूले पहिल्यै के–कस्तो समस्या भोगे? अनुसन्धान (फिल्ड फिडब्याक) लिएर सुधार गर्नु पर्छ।

 ४. आँखा विभाग सफा, बिरामीमैत्री हुनुका साथै, चिकित्सक तथा प्यारामेडिक्सहरुले सहज ढंगले बिरामीको जाँच गर्न सक्ने वातावरण हुनुपर्छ र कार्यस्थल आउन मन लाग्ने खालको आकर्षक, आरामदायी र विश्वासिलो वातावरण सिर्जना गर्नुपर्छ।

५. प्रविधिको पहुँच हुनुपर्छ । हिजोका दिनमा टर्च लाइटले आँखा जाँच गरेका ठाउँमा आज स्लिट ल्याम्प छ।यो सकारत्मक सुधार हो तर अहिले पनि कतिपय अस्पतालमा आधारभूत नेत्र उपकरण छैनन्।अनिवार्य उपकरणहरू उपलब्ध गराउनु पर्छ। नत्र भने यो त लडाइँमा हतियार बिना परिचालन गरेको सिपाही जस्तै हुन्छ। 

६. जनशक्ति व्यवस्थापन 
•    नेत्र विभागमा बिरामीको आगमन संख्या, र शल्यक्रियाको मात्रा आदिको आधारमा जनशक्तिको आवश्यकता मूल्याङ्कन गर्नुपर्छ।
•    जहाँ आवश्यक छ, त्यहाँ अप्टोमेट्रिस्ट, अप्थाल्मिक एसिस्टेन्ट र अन्य सहयोगी स्वास्थ्यकर्मी थप्नु पर्छ।

७.नेत्र विभागको कार्यक्षेत्र विस्तार गर्ने सोच ल्याउनु पर्छ
•    अस्पताल व्यवस्थापनले नेत्र विभागलाई ‘मुख्य सेवा विभाग’ भनेर बुझ्न आवश्यक छ, न कि ‘अप्सनल’ सेवा जस्तो व्यवहार गर्नु।

नेत्र सेवा भनेको मात्र डाइबेटिक रेटिनोप्याथी वा हाइपर रेटिनोप्याथीको स्क्रिनिङको लागि मात्र राखिएको हो भनेर सोच्नु हुँदैन। आँखाको उपचार जाँचमा मात्र सीमित नराखी, मोतिबिन्दु शल्यक्रिया समेत सुरु गर्ने उद्देश्य र प्रगति गर्ने सोच हुनुपर्छ। 

८. तलबको विषय विशेष प्राथमिकता: समयमै तलब, कामको आधारमा थप प्रोत्साहन, स्थायीत्व र सम्मानको अनुभूति दिलाउने व्यवस्था गर्नु आवश्यक छ।

९. कार्य-जीवन सन्तुलन : सरकारी सेवामा काम गर्दा कार्यको चाप र व्यक्तिगत जीवनबीच सन्तुलन कायम राख्न सकुन् भन्ने सुनिश्चित गर्नुपर्छ।प्रशासकीय दबाब घटाउने, समयमै बिदा दिने र मानव संशाधन उचित रूपमा बाँडफाँट गर्ने व्यवस्था हुनुपर्छ।

१०. मानसिक स्वास्थ्यमा ध्यान: आँखा रोग विशेषज्ञ चिकित्सकहरूको लागि मानसिक स्वास्थ्य सत्र, काउन्सेलिङ सेवा, जस्ता कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ।बर्नआउट कम गर्न सकिने नीति तथा व्यवस्थापन प्रणाली विकास आवश्यक छ। कुनै अस्पतालमा आँखा रोग विशेषज्ञ चिकित्सकले काम गर्ने वातावरण अपमानजनक, अपारदर्शी वा यातनाजन्य अनुभव गरे: यस्तो अवस्था उपयुक्त अनुसन्धानसहित तत्काल सम्बोधन गरिनुपर्छ।आवश्यक परे स्थानान्तरणको वैकल्पिक व्यवस्था मिलाइनुपर्छ।

११. दुई वर्षे बोन्डको भावना बदल्नु पर्छ : आँखा रोग विशेषज्ञ चिकित्सकहरूले ‘दुई वर्षको समय बेकार गयो’  भन्ने होइन, ‘देशको सेवा गर्दा अनुभव, आत्मसन्तुष्टि र सम्मान पाएँ’ भन्ने अनुभूति पाउन वातावरण सिर्जना गर्नुपर्छ। भविष्यमा पनि अरु आँखा रोग विशेषज्ञ चिकित्सकहरू खुशीका साथ जान चाहून्, भन्ने वातावरण निर्माण गर्नु जरुरी छ। यसमा अस्पतालका मेडिकल डाइरेक्टरहरूको प्रमुख भूमिका हुन्छ।

१२. निजी तथा गैरसरकारी क्षेत्रसँग प्रविधिक सहकार्य:  निजी तथा गैरसरकारी संस्थाहरूबाट प्राविधिक सहयोग लिनु सकारात्मक हो, तर सहयोग पायो भन्दैमा सरकारले यस्ता संस्थालाई आफ्नो घरको चाबी नै दिनु हुँदैन, आफ्ना जिम्मेवारीबाट पन्छिनु पनि हुँदैन।

सरकारी अस्पतालभित्रै उपकरण, जनशक्ति र सेवा सञ्चालन गर्नु पर्छ न कि बाहिर। यसरी गर्दा डुप्लिकेसनको जोखिम हट्छ, नयाँ भवन निर्माण वा छुट्टै पूर्वाधारको आवश्यकता पर्दैन, जसले गर्दा खर्चमा कटौती हुन्छ।सरकारले आफ्नो पूर्वाधार र जनशक्ति मार्फत आमजनतालाई गुणस्तरीय सेवा दिँदै साझा उद्देश्य: सबै नेपालीलाई गुणस्तरीय आँखा सेवा र नेपालका सबै भूभागमा नेत्र सेवा विस्तार लक्ष्य पूरा हुन मद्दत गर्छ।

१३.सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना) अस्पतालहरूमा पर्याप्त संख्यामा आँखा रोग विशेषज्ञहरू छ-छैनन् अध्ययन गरी दुई वर्षे बोन्डमा रहेका आँखा रोग विशेषज्ञहरू खटाउने व्यवस्था गर्नुपर्छ  र लोकसेवा आयोग मार्फत दरबन्दी खुलाउँदा विशेष प्राथमिकता दिनु आवश्यक छ।

१४. थप अध्ययन र सीप विकासका अवसरहरू- फेलोसिप, सबस्पेसियालिटी ट्रेनिङ, वर्कशप, सेमिनार, सिएमईमा आँखा रोग विशेषज्ञ चिकित्सकहरूको सहभागी गर्न मौका तथा हौसला दिनु पर्छ।

१५. आँखा रोग विशेषज्ञ चिकित्सकहरूका लागि सुरक्षित र सम्मानजनक आवासको व्यवस्था र न्यूनतम यस्ता आवासीय सुविधा उपलब्ध हुनु पर्छ:
•    कम्तिमा १ कोठा (रूम), किचन, शौचालय 
•    आँखा रोग विशेषज्ञ चिकित्सकले त्यो क्वार्टरमा आफ्नो परिवारसहित बस्न मिल्ने वातावरण पाउनुपर्छ, र  सरकारले दिएको ‘सुविधा’ लाई गर्भको रूपमा लिने वातावरण हुनु पर्छ।

बसोबासको स्थान आँखा रोग विशेषज्ञ चिकित्सक र उनीहरुको परिवारको लागि सुरक्षात्मक हुनुपर्छ।त्यहाँ आवासीय इलाकामा बिजुली, पानी, सञ्चार सुविधा, सरसफाइ आदि न्यूनतम आवश्यक पूर्वाधार व्यवस्थापन अनिवार्य हुनु पर्छ।

-(आँखा रोग विशेषज्ञ डाक्टर मल्ल नेपाल ओफ्थाल्मिक सोसाइटीका महासचिव हुन्। उनी नेपाल चिकित्सक संघका केन्द्रिय सदस्य पनि हुन्।)
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट