२०८२ श्रावण १२ आईतवार
LATEST NEWS
२०८२ श्रावण १२ आईतवार

हेल्थ कन्सर्न र मेडआईक्युको नयाँ सफ्टवेयर ‘हस्पिटल अपरेटिङ सिस्टम’ सार्वजनिक

काठमाडौं– नेपालको स्वास्थ्य सेवालाई प्रविधियुक्त, पहुँचयोग्य र प्रभावकारी बनाउने लक्ष्यसहित हेल्थ कन्सर्न नेपाल र मेड आई क्यु प्रालिले ‘हस्पिटल अपरेटिङ सिस्टम (एचओएस)’ नामक नयाँ सफ्टवेयर सार्वजनिक गरेका छन्। यो सफ्टवेयर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत १३ फागुनमा जारी गरेको ‘एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका–२०८१’ सँग मेल खाने गरी डिजाइन गरिएको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा हेल्थ कन्सर्न नेपालका संस्थापक सीईओ डा सुवास प्याकुरेलले यो सफ्टवेयरले नेपालको स्वास्थ्य क्षेत्रमा डिजिटल क्रान्ति ल्याउने दाबी गरे। ‘एचओएसले स्वास्थ्य सेवालाई डिजिटलाइज्ड र पेपरलेस बनाउँदै छिटो, छरितो र व्यवस्थित सेवा प्रदान गर्नेछ,’ उनले भने। उनले यो सफ्टवेयरमा एआई र ब्लकचेन जस्ता आधुनिक प्रविधिको प्रयोग गरिएको र निकट भविष्यमा यसलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने योजना रहेको खुलाए।

एचओएस सफ्टवेयरले बिरामीको स्वास्थ्य अभिलेखलाई डिजिटल रूपमा सुरक्षित राख्ने, अपोइन्टमेन्ट रजिस्ट्रेसन, अनलाइन टिकटिङ, ओपीडी व्यवस्थापन, ल्याब र रेडियोलोजी सेवा, बिलिङ, इन्भेन्टरी म्यानेजमेन्ट र फार्मेसी सञ्चालन जस्ता सुविधा प्रदान गर्छ। हेल्थ कन्सर्नकी चिफ प्रोग्राम अफिसर श्रृष्टि पन्तले यो सफ्टवेयरले स्वास्थ्य बीमा प्रणालीसँग जोडिएर बिरामी व्यवस्थापनका समस्यालाई कम गर्ने र स्वास्थ्य संस्थाहरूलाई थप प्रभावकारी बनाउने बताइन्। ‘यो वेब–आधारित प्रणाली भएकाले जहाँबाट पनि पहुँच गर्न सकिन्छ, र बिरामीको स्वास्थ्य डाटा आवश्यक परेका बेला सजिलै प्रयोग गर्न सकिन्छ,’ उनले थपिन्।

हेल्थ कन्सर्नका जनसम्पर्क निर्देशक मिलनचन्द्र खनालले यो परियोजनाले स्वास्थ्य सेवामा सहज पहुँचका लागि रचनात्मक सहकार्यको थालनी गरेको बताए। ‘हामीले पहिलो चरणमा क्लिनिक, पोलिक्लिनिक, पालिका अस्पताल र सामुदायिक अस्पताललाई लक्षित गरेका छौं, र आगामी दिनमा थप सुविधा र मोड्युलहरू थप्दै जानेछौं,’ उनले भने।

यो सफ्टवेयरले नेपालको स्वास्थ्य क्षेत्रमा प्रविधिको एकीकरणलाई गति दिँदै सेवाग्राहीलाई गुणस्तरीय र पारदर्शी सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट