काठमाडौं। सशस्त्र प्रहरी बलमा रिक्त रहेको एआइजीमा बरियता मिचिएर गणेश ठाडा मगरलाई सिफारिस गरिएको छ। पहिलो नम्बरमा रहेका डीआईजी कमल गिरीलाई छाडेर दोस्रो नम्बरमा रहेका गणेश बहादुर ठाडा मगरलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

बिहीबार गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीको नेतृत्वमा बसेको बढुवा समितिले ठाडा मगरलाई सिफारिस गरिएको छ। एआइजी रिक्त भएको डेढ महिनापछिको रस्साकस्सीपछि डाठामगरलाई बढुवा सिफारिस गर्दा आर्थिक चलखेल भएको स्रोतको दावी छ।
चलखेलका आधारमा वरियता मिचेर दोस्रो नम्बरमा रहेका ठाडा मगरको बढुवा गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले ठाडो हस्तक्षेप गरेको स्रोतले जनाएको छ। अहिले एआइजीमा बढुदा हुँदा दुई वर्षपछि आइजिपी हुने सम्भावना रहने भएकाले बढुवामा तिव्र चलखेल भएको थियो।
सशस्त्र प्रहरीमा वैशाख २ मा एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अवकाशमा गएसँगै उनको ठाउँ रिक्त थियो। वैशाख १४ मा बढुवा समितिले ७ दिनको सूचना प्रकाशन गरेको थियो। सूचना अनुसार ८ जना डिआइजीहरूले आवेदन फारम भरेका थिए।

दरखास्त फारम बुझाएका डिआइजीहरू कमल गिरी, शम्भु सुवेदी, कुलबहादुर नेम्वाङ, लक्ष्मण सिंह र प्रदीप कुमार पाललाई पछि पार्दै ठाडा एआईजीमा सिफारिस भएका हुन्।
सामाग्री श्रोत :