काठमाडौँ । सरकारले डिजिटल पूर्वाधार निर्माण र इकोसिस्टम विकास गर्न ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बिहीबार सङ्घीय संसद्मा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल उक्त बजेट विनियोजन गरेका हुन् ।

सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा विकसित नवीनतम प्रविधिको खोज अनुसन्धान विकास र नवप्रवर्तनलाई जोड दिइने समेत उनले उल्लेख गरे । “डिजिटल नेपाल फ्रेमवर्कको दोस्रो संस्करण तर्जुमा गरिनेछ,” अर्थमन्त्री पौडेलले भने, “डिजिटल साक्षरताका विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।”
पछिल्लो अध्यावधिक: जेठ १५, २०८२ २०:१७
सामाग्री श्रोत :
टेक पाना
