काठमाडौं- नेपाल मेडिकल काउन्सिल (एनएमसी) लिएको ७२औं स्नातक तह (युजी) लाइसेन्स परीक्षामा कुल ७७.९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। जेष्ठ १२ देखि १५ गतेसम्म सम्पन्न परीक्षामा २ हजार ९० जना परीक्षार्थीमा २ हजार ७७ जनाले परीक्षामा सहभागी भएका थिए भने जसमध्ये १३ अनुपस्थित थिए।
एनएमसीका अनुसार मेडिकल र डेन्टल दुवै कार्यक्रम समावेश गरिएको परीक्षामा मेडिकलतर्फ १ हजा ६११ मध्ये १ हजार ६०० जनाले परीक्षा दिए, जसमा १ हजार २२६ जना (७६.६२५%) उत्तीर्ण भएका छन्। उता डेन्टलतर्फ भने ४७९ परीक्षार्थीमध्ये ४७७ जनाले परीक्षा दिएका थिए र तीमध्ये ३९४ जना (८२.६०%) पास भएका छन्।
कुल १ हजार ६२० जना परीक्षार्थी उत्तीर्ण भएका छन् भने ४५७ जना अनुत्तीर्ण भएका छन्।
सामाग्री श्रोत :
swasthyakhabar

