
काठमाडौँ । सरकारले नेपालमा डेटा सेन्टर स्थापनाका लागि प्रोत्साहन गर्ने भएको छ । बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस किसिमको नीतिगत व्यवस्था सार्वजनिक गरेका हुन् ।
उनका अनुसार डेटा सेन्टर निर्माण, सञ्चालन र पूर्वाधार विकासमा निजी क्षेत्रसँग साझेदारी गरिनेछ । “सूचना प्रविधि क्षेमा वैदेशिक लगानी आकर्षित गर्न मध्यपहाडी क्षेत्रमा डेटा सेन्टर स्थापनाको सम्भाव्यता अध्ययन गरिनेछ,” अर्थमन्त्री पौडेलले भने, “डेटा सेन्टर स्थापना गर्न चाहने स्वदेशी तथा विदेशी कम्पनीरूलाई जग्गा, अविच्छिन्न विद्युत र सुरक्षा उपलब्ध गराइनेछ ।”
एकीकृत डेटा व्यवस्थापन केन्द्रको स्तरोन्नतिपछि, हेटौँडा डिजास्टर रिकभरी सेन्टरको क्षमता विस्तार तथा कोहलपुरमा निर्माणाधीन डेटा सेन्टर सञ्चालनमा ल्याउने घोषणा समेत बजेटमार्फत गरिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८२ २०:१९
सामाग्री श्रोत :
टेक पाना