२०८२ जेष्ठ १७ शुक्रबार
२०८२ जेष्ठ १७ शुक्रबार

पछिल्लो वर्षमा वैदेशिक सहायता प्राप्तिमा कमी

काठमाडौं। पछिल्लो वर्षमा वैदेशिक सहायता प्राप्तिमा कमी आएको छ। प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं र्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको ‘आर्थिक सर्वेक्षण २०८१/८२’ मा भनिएको छ, ‘आर्थिक वर्ष २०८०/८१ मा संघीय सञ्चित कोषमा प्राप्त वैदेशिक अनुदान रु २४ अर्ब एक करोड र वैदेशिक ऋण रु एक खर्ब १३ अर्ब २७ करोड गरी कुल वैदेशिक सहायता प्राप्ति रु एक खर्ब ३७ अर्ब २८ करोड रहेको छ।’

यस अवधिको कुल वैदेशिक सहायता प्राप्तिमध्ये ऋण र अनुदानको अंश क्रमशः ८२ दशमलव पाँच प्रतिशत र १७ दशमलव पाँच प्रतिशत रहेको सरकारले जनाएको छ। आव २०८०/८१ मा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा वैदेशिक सहायता प्राप्ति दुई दशमलव चार प्रतिशत रहेको छ। ‘चालु आवको फागुनसम्म वैदेशिक अनुदान रु नौ अर्ब १६ करोड र वैदेशिक ऋण रु ६५ अर्ब ७४ करोड गरी कुल वैदेशिक सहायता प्राप्ति रु ७४ अर्ब ६३ करोड पुगेको छ, जुन गत आवको सोही अवधिको तुलनामा १३ दशमलव आठ प्रतिशतले बढी हो’, सर्वेक्षणमा भनिएको छ।

चालु आवको फागुनसम्म सार्वजनिक वित्तका परिसूचक सामान्य रहेका छन्। संघीय राजस्व परिचालन १२ दशमलव छ प्रतिशतले वृद्धि भएकाले यस अवधिमा सरकारको बजेट घाटा र वित्त घाटामा सुधार भएको छ। प्राथमिक सन्तुलन र राजस्व सन्तुलन दुवै बचतमा रहेका सर्वेक्षणमा उल्लेख छ। वैदेशिक सहायता प्रतिबद्धतामा भने उल्लेख्य वृद्धि भएको छ।


सामाग्री श्रोत :

पछिल्लो वर्षमा वैदेशिक सहायता प्राप्तिमा कमी

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट