काठमाडौँ । नेपाली बजारमा एसुसको प्रिमियम ब्रान्ड रिपब्लिक अफ गेमर्स (रग) ले नयाँ गेमिङ ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले हालै २०२५ संस्करणको जेफरस जी१६ (Zephyrus G16) गेमिङ ल्यापटप भित्र्याएको हो । पछिल्लो इन्टेल प्रोसेसर र एनभिदिया ग्राफिक्स कार्डसहितको ल्यापटपमा शक्तिशाली पर्फर्मेन्स, उत्कृष्ट कुलिङ प्रणाली र उच्च गुणस्तरको ओएलईडी डिस्प्ले रहेको कम्पनीले जनाएको छ ।

जेफरस जी१६ मा इन्टेल कोर अल्ट्रा नाइन प्रोसेसर र एनभिदिया जिफोर्स आरटीएक्स ५०७० टीआई जीपीयू राखिएको छ । यसले गेमर र कन्टेन्ट क्रियटरका लागि उच्च गतिको पर्फर्मेन्स सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । यो ल्यापटपमा ६४ जीबीसम्मको र्याम र २ टेराबाइटसम्म स्टोरेजको विकल्प उपलब्ध हुनेछ।
यसमा ताप नियन्त्रणका लागि ट्रि-फ्यान टेक्नोलोजी र वापर चेम्बर जडान गरिएको छ भने रग इन्टेलिजेन्ट कुलिङ सिस्टम ले ल्यापटपलाई उच्च कार्यसम्पादनमा पनि चिसो राख्न मद्दत गर्ने बताइएको छ ।
दृश्य अनुभवका लागि यसमा १६ इन्चको ओलेड रग नेबुला डिस्प्ले राखिएको छ । यसमा २.५के रेजोलुसन र २४० हर्ज रिफ्रेस रेटसहित डल्बी भिजन र एचडीआर ट्रु ब्ल्याक ५०० सपोर्ट पनि छ । १००% डीसीआई-पी३ (DCI-P3) कभरेजका साथ यी डिस्प्लेहरूले गेमर तथा कन्टेन्ट क्रियटरहरूलाई उत्कृष्ट रङ र भिजुअल स्पष्टता प्रदान गर्ने कम्पनीको भनाइ छ ।

तौल १.९५ केजी र मोटाइ १.४९ सेन्टिमिटर मात्रै भएकाले ल्यापटप अत्यन्तै पोर्टेबल रहेको दाबी उल्लेख गरिएको छ । ग्राहकले बुधबारदेखि नेपालका एसुस आधिकारिक स्टोरमार्फत यो ल्यापटप खरिद गर्न सक्नेछन् । यसबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: जेठ १५, २०८२ १३:५०
सामाग्री श्रोत :
टेक पाना