२०८२ जेष्ठ १७ शुक्रबार
२०८२ जेष्ठ १७ शुक्रबार

‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सरमा वर्ल्डलिंक

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले बालगायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सरको रूपमा सहकार्य गर्ने भएको छ ।

शोको प्रसारण आगामी असार १ गतेदेखि प्रत्येक आइतबार र सोमबार बेलुका ८:३० बजे स्पेसफोरके टेलिभिजन तथा डोको युट्युब च्यानलमार्फत हुनेछ ।

करिब तीन वर्षको अन्तरालपछि पुनः सुरु हुन लागेको कार्यक्रम यसपटक अझ भव्य र सङ्गीतमय शैलीमा प्रस्तुत गरिने नोबडी प्रोडक्शनको दाबी छ । निर्णायक मण्डलमा दीप श्रेष्ठसहित नयाँ पुस्ताले रुचाएका गायकहरू सुबानी मोक्तान र स्वप्न सुमन रहनेछन् । साथै, १० जना ग्रान्ड जुरी सदस्यहरूले पनि प्रतिस्पर्धीहरूको मूल्याङ्कनमा साथ दिनेछन् ।

कार्यक्रमको सञ्चालन हास्यकलाकार सुमन काकीले गर्नेछन् ।

सिजन २ मा कुल ३१ एपिसोड रहनेछन् । पहिलो एपिसोडदेखि नै बालप्रतिभाहरूको जीवन्त प्रस्तुति दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । कार्यक्रम नेपालमा मात्र सीमित नरही अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया लगायत विश्वभर रहेका नेपाली समुदायका दर्शकले हेर्न सक्ने बताइएको छ ।

सहकार्यको सन्दर्भमा वर्ल्डलिंकका निर्देशक मनोज अग्रवालले भने, “सारेगमप लिटिल च्याम्प्स नेपाल जस्ता कार्यक्रमहरूले बालबालिकाको कला र क्षमता उजागर गर्नुका साथै राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने महत्वपूर्ण भूमिका खेल्छन् । यस सहकार्यले हामीलाई नेपाली आवाज, सपना र सम्भावनासँग अझ गहिरो सम्बन्ध गाँस्ने अवसर प्रदान गरेको छ, जसले हामीलाई अत्यन्तै गौरव महसुस गराएको छ ।”

उनले डिजिटल माध्यममार्फत लाखौं दर्शकसम्म नेपाली आवाज पुर्‍याउन र प्रतिभालाई प्रोत्साहन गर्न वर्ल्डलिंक प्रतिबद्ध रहेको बताए ।

 

पछिल्लो अध्यावधिक: जेठ १५, २०८२ १२:५२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट