२०८२ जेष्ठ १८ शनिबार
२०८२ जेष्ठ १८ शनिबार

काठमाडौँको सुरक्षा व्यवस्थामा कडाई, ६ हजार बढि सुरक्षाकर्मी परिचालन

काठमाडौँ –नेकपा एमाले भृकुटिमण्डपमा आयोजना गर्न लागेको गणतन्त्र दिवस समारोह र राजावादीहरूले राजतन्त्र पुनः स्थापना अभियानको कार्यक्रम आज एकै दिन हुने भएकाले काठमाडौंको सुरक्षा व्यवस्थामा कडा पारिएको छ ।  

सत्तामा रहेको पार्टी एमालेले जेठ १५ कै मितिलाई छनौट गरेर गणतन्त्र स्थापनाको उत्सव मनाउने र राजावादीहरूले गणतन्त्र स्थापनाको दिनलाई पारेर शान्तिपूर्ण आन्दोलन गर्ने भएपछि दुवै पक्षलाई भेट हुन नदिने गरी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।‘ काठमाडौंमा अप्रिय घटना हुन नदिने गरी सुरक्षाकर्मी परिचालन भएको छ’, जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । 

Ncell 2
Ncell 2

यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी घोषित अघोषित गरी ६ हजार सुरक्षाकर्मी परिचालित भएका छन् । ‘पर्याप्त संख्यामा प्रहरी परिचालन गरिएको छ’, केन्द्रीय प्रहरी प्रवक्ता रमेश थापाले भने । उनका अनुसार काठमाडौं उपत्यकामा सबै स्थानमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । यता सशस्त्र प्रहरीले पनि अघिल्लो पटक भन्दा यसपटक अलि सजग भएर परिचालन गरेको जनाएको छ । ‘जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सशस्त्र प्रहरी अन्य सुरक्षा अंग सँग समन्वय गरेर परिचालित भएको छ’, सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले भने ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट