२०८२ जेष्ठ १९ आईतवार
२०८२ जेष्ठ १९ आईतवार

आज बजेट भाषण: स्वास्थ्यले कति पाउला?

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट आज  संघीय संसद्‌मा प्रस्तुत गर्दैछ। जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरुप अर्थमन्त्री विष्णु पौडेलले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागेका हुन्। 

अर्थमन्त्री पौडेलले बुधबार नै संसद्‌मा बजेटसँग आश्रित आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ। आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रालयले २० खर्ब हारहारीको आकारको बजेट ल्याउने लागेको छ। 

यसपटक स्वास्थ्यको बजेट केही बढ्ने अनुमान गरिएको छ।

स्वास्थ्यले एक खर्ब हाराहारीमा बजेट पाउने सम्भावना रहेको बताइन्छ। आगामी आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले स्वास्थ्यलाई ८२ अर्ब ८८ करोड २८ लाखको बजेट सिलिङ दिइएको थियो। हालका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पटक पटक आग्रह गरेपछि मन्त्रालयले थप १३ अर्ब बढी रकमको सिलिङ पाएको थियो। थपिएको रकमपछि स्वास्थ्य मन्त्रालयले ९६ अर्बको सिलिङ प्राप्त गरेको छ।

यो आधारमा हेर्दा पनि स्वास्थ्यले यस पटक एक खर्ब हाराहारीमा बजेट पाउने सम्भावना देखिन्छ।

बजेटमा स्वास्थ्यका पूर्वाधार निर्माण, स्वास्थ्य बीमा, डिजिटल हेल्थ कार्यक्रम, आधारभूत र जीवनरक्षक औषधि तथा औषधिजन्य सामग्रीको उत्पादनलाई थप प्रोत्साहन गर्ने लगायतका कार्यक्रम आउने बताइएको छ।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट