२०८२ जेष्ठ १६ बिहीबार
२०८२ जेष्ठ १६ बिहीबार

नामी र सेरेस ईभीको बजेट लक्षित अफर, अन्नपूर्ण बेस क्याम्पसम्म हेलिकप्टर यात्रा

काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले डोङफेङ ब्रान्डअन्तर्गतका नामी र सेरेस ईभीहरूका लागि ‘इज अन वालेट’ नामक नयाँ योजना सार्वजनिक गरेको छ ।

जेठ ११ देखि १५ गतेसम्म लागु हुने यस सीमित अवधिको अफरअन्तर्गत ग्राहकले यी मोडलहरू आकर्षक मूल्यमा खरिद गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यो अफर नेपालभरका सबै नामी र सेरेस सोरूमहरूमा उपलब्ध हुनेछ ।

यस योजनामार्फत ग्राहकहरू नयाँ इलेक्ट्रिक मोडलहरूको अनुभव लिन सक्ने, विशेष छुट तथा सुविधाको लाभ उठाउने र इलेक्ट्रिक सवारीतर्फ सजिलै संक्रमण गर्न प्रोत्साहित हुने विश्वास कम्पनीले लिएको छ ।

योजनाअन्तर्गत ग्राहकले निम्न सुविधा प्राप्त गर्नेछन्:

  • ७ किलोवाट प्लस ३.५ किलोवाट चार्जर

  • एक वर्षको अटो प्लस बीमा

  • एक वर्षको सवारी कर

  • निःशुल्क एक्सेसरिज

  • प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहार

  • हरेक बुकिङमा माउन्टेन फ्लाइटको अवसर

साथै, योजना अवधिभर बुकिङ गर्ने चार भाग्यशाली ग्राहकले हेलिकप्टरमार्फत अन्नपूर्ण बेस क्याम्पसम्मको अविस्मरणीय यात्रा जित्ने मौका पनि पाउनेछन् ।

पछिल्लो अध्यावधिक: जेठ १३, २०८२ १८:३०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट