२०८२ जेष्ठ १५ बुधबार
LATEST NEWS
२०८२ जेष्ठ १५ बुधबार

प्रविधिमार्फत फोहर व्यवस्थापनमा नवप्रवर्तन ल्याउन ‘वेस्ट ह्याकाथन’ हुँदै, कसरी बन्ने सहभागी ?

काठमाडौँ । विश्व वातावरण दिवस २०८२ को अवसरमा राजधानीमा ‘विन देयर, ह्याक्ड द्याट’ थिममा वेस्ट ह्याकाथन आयोजना हुने भएको छ । एनसेल फाउन्डेसन, खालिसिसी र बुढानीलकण्ठ नगरपालिकाको संयुक्त पहलमा जेठ २२ गते बुढानीलकण्ठ नगरपालिकाको सभाहलमा उक्त कार्यक्रम हुनेछ ।

फोहोर व्यवस्थापनलाई प्रविधि र सिर्जनशीलताका माध्यमबाट समाधान गर्ने उद्देश्यसहित ह्याकाथन हुन लागेको हो । कार्यक्रममा प्रविधि विज्ञ, सिर्जनशील व्यक्ति, उद्यमी र जलवायु अभियन्ताहरू सहभागी हुने आयोजकले जनाएका छन् ।

एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट्स डाइरेक्टर विशाखा लक्ष्मी खड्काले डिजिटल इनोभेसन र वातावरण संरक्षणलाई एउटै प्लेटफर्ममा जोड्ने यस पहलले फोहोर व्यवस्थापनका चुनौतीहरू समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

खालिसिसीका सहसंस्थापक एवं सीईओ अमुन थापाले यो ह्याकाथन फोहोरलाई नवप्रवर्तन, आय र प्रभावको स्रोतका रूपमा पुनःपरिकल्पना गर्ने राष्ट्रिय आह्वान भएको उल्लेख गरे ।

आयोजकका अनुसार नेपालमा दैनिक ३,००० टनभन्दा बढी फोहर उत्पादन हुँदै आएको छ । तर, रिसाइकल प्रणाली अझै विकासोन्मुख अवस्थामा छ भने फोहर व्यवस्थापन क्षेत्रमा महिलाको सहभागिता पाँच प्रतिशतभन्दा कम रहेको छ । ह्याकाथनले यस्ता सीमिततालाई तोड्दै कार्यान्वयनयोग्य, समावेशी र नवीन विचारहरूलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

प्रतियोगितामा ल्यान्डफिलदेखि परिपरिवर्तनसम्म, धुवाँबिनाको फोहोर, फोहोरमा महिलाको उद्यमशीलता र डिजिटाइज ट्रास गरी चार विषयगत क्षेत्रका समाधान विकास गर्नुपर्नेछ ।

ह्याकाथनमा सहभागी हुन इच्छुकले १५ जेठसम्म आवेदन दिन सक्नेछन् । विद्यार्थी, स्टार्टअप, इन्जिनियर, डिजाइनर, कोडर तथा फोहोर व्यवस्थापनमा अनौपचारिक योगदान दिँदै आएका व्यक्तिहरू सहभागी हुन सक्नेछन् ।

कार्यक्रममा गोल्यान ग्रुप, प्लास्ट नेपाल फाउन्डेसन, कोकाकोला बेभरेजेज नेपाल, सिएनआई वाइइएफ, नबिल बैंक, ग्रो बाई आइडिया, क्लाउडफ्याक्टरी, फ्युजमेसिन, मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी, व्यापार पाठशाला र एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले सहयोग गरेका छन् ।

थप जानकारी वा आवेदनका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: जेठ १२, २०८२ २२:२९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट