२०८२ असार २७ शुक्रबार
LATEST NEWS
२०८२ असार २७ शुक्रबार

बत्ती गयो भन्दै आउने ‘फेक कल’ ले हैरान विद्युत प्राधिकरण, मन्त्रीले दिए कारबाही गर्ने चेतावनी

काठमाडौँ । बत्ती नगएको अवस्थामा पनि बत्ती गएको भन्दै नेपाल विद्युत प्राधिकरणमा ‘फेक कल’ (झुटा गुनासो) आउने गरेको ऊर्जामन्त्री दीपक खड्काले बताएका छन् ।

आइतबार साँझ नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्रको स्थलगत अनुगमनका क्रममा उनले देशभरको विद्युत खपत र आपूर्ति व्यवस्थापनबारे जानकारी लिएका थिए । त्यसपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्राधिकरणका कर्मचारीहरूले फेक कलको समस्या भोगिरहेको जानकारी गराए ।

ऊर्जामन्त्री खड्काले भने, “कहिले काहीँ ‘मकहाँ बत्ती गयो’, ‘हाम्रो क्षेत्रको बत्ती गयो’ भनेर फोन आउँछ । तर कर्मचारीहरूले त्यो गुनासो आएको स्थानमा जाँच गर्दा बत्ती गएकै नपाइने गरेको छ ।”

उनले बत्ती नगई पनि गयो भनेर अफवाह फैलाउने कार्य नगर्न सबैलाई आग्रह गरे । “कुनै कारणले र्‍युमर फैलाइरहनुभएको छ भने त्यस्तो कार्य नगर्नुहोस् । यस्ता नम्बरहरू टिपेर प्रहरीलाई दिन पनि भनेका छौँ,” मन्त्री खड्काले चेतावनी दिए । उनका अनुसार सरकारले अफवाह र आतंक फैलाउनेलाई कारबाही गर्नेछ ।

मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरू २४ घण्टा तीन सिफ्टमा काम गरेर सेवा दिइरहेका बताए ।

उनले नेपालमा विद्युत उत्पादनमा समस्या नभएको उल्लेख गर्दै आवश्यकताभन्दा बढी विद्युत भारतमा निर्यात भइरहेकाले आपूर्ति सहज रहेको उल्लेख गरे । “प्राकृतिक विपत्तिबाहेक हाल आपूर्तिमा समस्या छैन,” उनले भने, “तर सुरक्षित र भरपर्दो विद्युत आपूर्तिका लागि थप अध्ययन र व्यवस्थापन आवश्यक छ ।”

पछिल्लो अध्यावधिक: जेठ १२, २०८२ १६:५४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट