२०८२ असार २८ शनिबार
LATEST NEWS
२०८२ असार २८ शनिबार

६५०० एमएएच ब्याट्रीसहित फोटोग्राफी प्रेमीका लागि आयो ‘भिभो भी ५० लाइट’, मूल्य ३८ हजार

काठमाडौँ । चिनियाँ स्मार्टफोन कम्पनी भिभोले फोटोग्राफी प्रेमीलाई लक्षित गर्दै ‘भिभो भी ५० लाइट’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यो फोनलाई भी सिरिजको हालसम्मकै उच्च ब्याट्री क्षमता र फोटोग्राफीमा केन्द्रित प्रविधियुक्त मोडलको रूपमा प्रस्तुत गरेको छ ।

६,५०० एमएएचको ब्लु वल्ट ब्याट्री रहेको फोनमा ९० वाटको फ्ल्यास चार्ज प्रविधि दिइएको छ । ६.७७ इन्चको १२० हर्ज अल्ट्रा भिजन पी–ओलेड डिस्प्ले सहित फोनमा प्रिमियम डिजाइन, ग्लो रिङ क्यामेरा मोड्युल र हाई-ग्लास मेटालिक फ्रेम जस्ता विशेषता छन् ।

भी ५० लाइटमा ५० मेगापिक्सेलको सोनी आई मुख्य क्यामेरा र ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ । साथै, एआई इरेज, एआई फोटो इनह्यान्स जस्ता स्मार्ट फोटोग्राफी टुलले प्रयोगकर्ताको अनुभवलाई अझ सहज बनाउने कम्पनीको दाबी छ ।

प्रोसेसरका हिसाबले फोन मिडियाटेक डाइमेन्सिटी ६३०० (फाइभजी) र स्न्यापड्रागन ६८५ (फोरजी) गरी दुई भेरियन्टमा उपलब्ध छ । ८ जीबी र्‍याम + २५६ जीबी स्टोरेज भएको मोडलको मूल्य ३७,९९९ रुपैयाँ र १२ जीबी र्‍याम + २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ४५,९९९ रुपैयाँ तोकिएको छ ।

सार्वजनिक कार्यक्रममा भिभो नेपालका ब्रान्ड एम्बेसडर पारस खड्काको उपस्थिति रहेको थियो भने कमेडियन एलन जङ थापा, आयुष श्रेष्ठ, अपूर्व क्षितिज सिंह र बीटी कान्छाले प्रस्तुति दिएका थिए ।


पछिल्लो अध्यावधिक: जेठ १२, २०८२ १५:४८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट