२०८२ असार २९ आईतवार
LATEST NEWS
२०८२ असार २९ आईतवार

भारतमा फैलिन थाल्यो कोभिड १९, सक्रिय केस १००९, सबैभन्दा धेरै संक्रमित केरलमा

नयाँदिल्ली- भारतमा कोभिड १९ फैलिन थालेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हाल देशभर १००९ सक्रिय संक्रमितहरू छन्।

सबैभन्दा धेरै सक्रिय केस केरलमा ४३० रहेका छन्। त्यसपछि महाराष्ट्रमा २०९ र दिल्लीमा १०४ केस पुष्टि भएका छन्।

राज्य अनुसार केरल – ४३०, महाराष्ट्र – २०९, दिल्ली – १०४, गुजरात – ८३, तमिलनाडु – ६९, कर्नाटक –४७, उत्तर प्रदेश – १५, राजस्थान – १३ र पश्चिम बंगाल – १२ रहेका छन्। अन्यमा दोहोरो अंक छोएको छैन।

कोभिडका बढ्दो केसबारे समाचार संस्था पीटीआईले कर्नाटकका स्वास्थ्य मन्त्री दिनेश गुंडु रावसँग गरेको कुराकानीमा उनले चिन्ताजनक नरहेको बताए। उनले भने, ‘दक्षिणपूर्वी एसियाली देशहरूमा कोभिडका केस बढेको सुनिएको छ, तर ती पनि सामान्य लक्षण भएका केसहरू हुन्। भारतमा हाल देखिएका केसहरू पनि सामान्य प्रकृतिका छन्।’

महाराष्ट्र र केही स्थानहरूमा केही मृत्यु भएकामा तर ती  कोभिडका कारणले मात्रै नभएको बताएका छन्। ती बिरामीहरूलाई अरू पनि स्वास्थ्य समस्या रहेको उनको भनाइ छ।

उनले भने, ‘यद्यपि, हामी सतर्क र सावधान रहनुपर्छ। हामी परिस्थितिको निगरानी गरिरहेका छौं र केही सल्लाहहरू पनि जारी गरेका छौं।’

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट