२०८२ असार २२ आईतवार
LATEST NEWS
२०८२ असार २२ आईतवार

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष रहेको कांग्रेसको निष्कर्ष

काठमाडौं। नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको निष्कर्ष निकालेको छ।

पार्टी सभपति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता कतैबाट पुष्टि नहुने भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएका भरमा राजीनामा दिन नहुने निष्कर्ष निकालेको हो।

बैठकपछि कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता नरहेको भन्दै त्यसमा संलग्न रहेकालाई कारवाही हुनुपर्ने बताए। बैठकमा गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको तथा कुनै कमजोरी नगरेको जिकिर गरेका थिए।

गृहमन्त्रीले धारणा राखेपछि बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता नरहेको निष्कर्ष निकालेको प्रवक्ता महतले बताए। बैठकले यस बिषयमा संसद भित्र र बाहिर आफ्नो कुरा स्पष्ट राख्न गृहमन्त्रीलाई सुझाव दिएको महतले जानकारी दिए।

उनले भिजिट भिसा प्रकरणको छानविनको दायरामा समेत गृहमन्त्री नरहेकाले राजीनामा दिनुपर्ने कुनै आवश्यकता नरहेको दाबी गरे।

प्रवक्ता महतले जेठ १५ गते काठमाडौं कव्जा गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिको जिम्मेवारी कांग्रेसले नलिने बताए। उनले आफुहरु कब्जाको पक्षमा नरहेको उल्लेख गर्दै शान्तिपूर्ण तवरले संविधानको प्रयोग गरेर विरोध गर्न र आफ्ना कुरा राख्न पाउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गरे।

उनले तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध उजुरी नै परेको अवस्था रहेकाले आफूहरूले संसदीय छानबिन समिति माग गरेको उल्लेख गर्दै लेखक र लामिछानेको विषय एउटै नभएको बताए।

‘उहाँ (रवि लामिछाने)सँग जोड्न मिल्दैन। उहाँमाथि आरोप आयो, उजुरी आयो। त्यसकारण हामी संसदीय छानबिन माग गरेका हौँ। यहाँ त न कुनै आरोप छ, न आधार छ। आरोपकै भरमा हामीले पनि निष्कर्ष निकाल्ने कुरा भएन,’ महतले भने।


सामाग्री श्रोत :

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष रहेको कांग्रेसको निष्कर्ष

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट