२०८२ असार २८ शनिबार
LATEST NEWS
२०८२ असार २८ शनिबार

राजावादी प्रदर्शनमा प्रहरीको १० लाख बढी मूल्यको सीसीटिभीमा क्षति

काठमाडौँ । गत चैत १५ गते राजधानीमा आयोजित राजावादी प्रदर्शनका क्रममा प्रहरीले प्रयोग गर्दै आएको १० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको सीसीटिभी प्रणालीमा क्षति पुगेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार प्रदर्शनका क्रममा विभिन्न स्थानमा जडान गरिएका क्यामेरा, उपकरण र अन्य सामग्रीमा प्रदर्शनकारीले तोडफोड गरेपछि क्षतिपूर्ति माग गर्दै अदालतमा अभियोग दर्ता गरिएको हो ।

जिल्ला अदालत काठमाडौंमा आइतबार दायर गरिएको अभियोगपत्रमा प्रहरी कार्यालयले मनिटरिङका लागि जडान गरिएका सीसीटिभी क्यामेरा र उपकरणहरू प्रदर्शनकारीले जानाजान क्षति पुर्‍याएको दाबी गरिएको छ ।

कार्यालयका अनुसार तीनकुने र आसपासका क्षेत्रमा जडान गरिएका एक लाख १७ हजार रुपैयाँ बराबरका दुई थान फिक्स क्यामेरा र सात लाख ४० हजार रुपैयाँ बराबरका पीटीजेड क्यामेरा क्षतिग्रस्त भएका छन् ।

त्यसैगरी २४ हजार रुपैयाँ बराबरका १०० एमबीपीएस एसएफपी (छ थान) र ६ हजार ५ सय रुपैयाँ बराबरका ३६ भोल्ट/२.२३ एम्पियरका एडप्टर (तीन थान) मा पनि क्षति पुगेको उल्लेख छ ।

प्रहरी कार्यालयले क्षति भएका सबै सामग्रीको मूल्य कुल ९ लाख ४७ हजार रुपैयाँ हुने र करसमेत जोड्दा १० लाख ७१ हजार १४ रुपैयाँ पुग्ने भन्दै सोही रकम बराबरको क्षतिपूर्ति दाबी गरेको छ ।

पछिल्लो अध्यावधिक: जेठ १२, २०८२ १२:०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट