२०८२ जेष्ठ १६ बिहीबार
२०८२ जेष्ठ १६ बिहीबार

अब जम्मा ५ चौकाले बनाउनेछ कोहलीलाई १२०० चाैका हान्ने पहिलाे एसियन क्रिकेटर

काठमाडौं। आइपिएल २०२५ को लिग चरणको अन्तिम खेल लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंग्लोर बीच एकना स्टेडियममा खेलिँदैछ र यही खेलको नतिजाले यो सिजनको शीर्ष २ टोलीको टुंगो लगाउने छ।

यस खेलमा बेंगलुरुले लखनउलाई ठूलो अन्तरले पराजित गरेमा यो सिजनको क्वालिफायर खेल्न सक्छ। आरबीसीले एकपटक पनि आईपीएलको उपाधि जित्न सकेको छैन, त्यसैले टोलीले यो सिजन जितको खडेरी अन्त्य गर्ने प्रयास गर्नेछ। साथै, यो सिजन आईपीएल इतिहासमा सबै समयको कीर्तिमान पनि तोड्न सक्ने ठाउँ देखिएको र खासमा विराट कोहली त्यसको धेरै नजिक छन्।

आईपीएलको इतिहासमा सबैभन्दा बढी चौका प्रहार गर्ने कीर्तिमान शिखर धवनको नाममा छ, जसले २२२ खेलको २२१ इनिङ्समा ७६८ चौका प्रहार गरेर सो रेकर्ड कायम गरेका हुन्।  यो सूचीमा विराट कोहली दोस्रो स्थानमा छन्, जसले २६४ खेलको २५६ इनिङ्समा ७५६ चौका प्रहार गरिसकेका छन्। यस्तो अवस्थामा विराट कोहलीसँग यो सिजनमा धवनलाई पछाडि छोड्ने सुनौलो मौका रहेको छ, त्यसका लागि कोहलीलाई मात्र थप १३ चौका चाहिन्छ।

आरसीबी प्लेअफका लागि छनोट भएको छ। यस्तो अवस्थामा कोहलीले कम्तिमा एक थप खेल खेल्नेछन् अर्थात् बाँकी दुई खेलमा कोहलीले १३ चौका प्रहार गरे भने उनले आईपीएल इतिहासकै सबैभन्दा ठूलो कीर्तिमान बनाउन पाउने छन्।

विराट कोहलीले यो सिजन पनि ५०० भन्दा बढी रन बनाइसके छन्। चालू सिजनमा उनले हालसम्म १२ खेलमा १२ इनिङ्समा ६०.८८ को औसत र १४५.३५ को स्ट्राइक रेटमा ५४८ रन बनाएका छन् र उनी ओरेन्ज क्यापको दावेदारको सूचीमा रहेका छन्। र, कोहलीले यो सिजन सात अर्धशतक पनि बनाइ सकेका  छन्। यस अवधिमा उनको ब्याटबाट ५१ चौका र १९ छक्का निस्केका थिए। कोहली यस सिजन बेंगलुरुका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन्।

साथै, यदि कोहलीले मंगलबार आफ्नो इनिङ्समा पाँच चौका प्रहार गरे भने उनी टी–२० क्रिकेटमा १२०० चौका प्रहार गर्ने पहिलो भारतीय खेलाडी पनि बन्ने छन्। टी-२० क्रिकेटमा हालसम्म तीन ब्याट्सम्यान एलेक्स हेल्स, डेभिड वार्नर र जेम्स भिन्सले मात्र यो रेकर्ड बनाउन सकेका छन्। यदि, त्यो पुरा गरे भने कोहली १२ सय चौका प्रहार गर्ने पहिलो एसियाली ब्याट्सम्यान पनि बन्नेछन्।

कोहलीले ४११ टी-२० खेलमा ११९५ चौका प्रहार गरिसकेका छन्। टी-२० क्रिकेटमा कोहलीले ४१.९८ को औसत र १३४.६२ को स्ट्राइक रेटमा १३ हजार ४३४ रन बनाएका छन्।


सामाग्री श्रोत :

अब जम्मा ५ चौकाले बनाउनेछ कोहलीलाई १२०० चाैका हान्ने पहिलाे एसियन क्रिकेटर

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट