२०८२ जेष्ठ १५ बुधबार
LATEST NEWS
२०८२ जेष्ठ १५ बुधबार

आफ्नै जन्म जिल्ला बझाङ अस्पतालमा सेवा दिन फर्किए सर्जन डा ओखेडा र मानसिक रोग विशेषज्ञ डा जोशी

चैनपुर– जिल्लामा सर्जरी र मानसिक रोग विशेषज्ञ डाक्टरहरूको अभावका कारण सहरका अस्पतालमा धाउनुपर्ने समस्या न्युनिकरण भएको छ।  दुईजना स्थानीय डाक्टरहरू 
विशेषज्ञता हासिल गरेर आफ्नै जिल्लामा सेवा दिन फर्किएका छन् ।

बझाङमै जन्मिएका  सर्जन डा सन्दिप ओखेडा र मानसिक रोग विशेषज्ञ डा शैलेन्द्र प्रसाद जोशी हाल जिल्लामा सेवा दिन बझाङ  पुगेका छन् । डा ओखेडाले यो भन्दा अगाडि जिल्लामा सेवा दिएको भएपनि थप शिक्षा हासिलको लागि बाहिरिएका थिए।

जिल्लामा डा ओखेडा जस्तै अन्य विशेषज्ञ डा आएपनि राजनीति पूर्वाग्रहका कारण  सेवा दिन समस्या हुने गरेको छ । त्यसैले उनीहरू पनि जिल्लामा लामो समय टिक्न नसक्ने आमजनको आशंका कायम छ । डा ओखेडा जिल्लामा रहँदा स्वास्थ्य क्षेत्रमा सुधार गर्ने प्रयास गरेका थिए । कोरोनाको समयमा पनि उनले खेलेको भूमिका महत्वपूर्ण रहेको थियो । सेवा लिन आएका अधिकांस बिरामीहरू डा ओखेडाको स्वभावबाट सन्तुष्ट भएर फर्किने गरेका थिए।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा राजनीतिका पूर्वाग्रहबाट नहेरी योग्य जनशक्तिलाई जिल्लामा नै टिकाइ राख्नुपर्ने सेवाग्राहीको माग छ । जिल्लामा मानसिक समस्या बढेको छ।

मानसिक स्वास्थ्यबारे सर्वोच्चको ऐतिहासिक फैसला अनुसार तीनै तहका सरकारले मानसिक स्वास्थ्य शाखा खोल्नुपर्ने, मानसिक स्वास्थ्य संरचनालाई वार्षिक बजेट विनियोजन, सबै अस्पतालमा मानसिक स्वास्थ्य परामर्शकर्मीको दरबन्दी लगाएत काम सहितको आदेश जारी गरेको छ ।

विशेषज्ञ डाक्टरहरूलाई बझाङमै राख्न आवश्यक औषधि, उपकरण र आवास सुविधा उपलब्ध गराउन सरकारसँग आग्रह गरिएको छ ।

स्थानीय पत्रकार तथा नागरिक समाजले यो विषयलाई गम्भीर रूपमा उठाउँदै जिल्ला अस्पताल बझाङमा सर्जरी तथा मानसिक रोग विशेषज्ञको स्थायी व्यवस्था गर्न माग गरेका छन्।

आत्महत्याका घटना बढ्दै

बढ्दो आत्महत्या न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम हुन सकेका छैनन् । हरेक वर्ष आत्महत्याका घटनामा वृद्धि भएपनि सरोकारवाला पक्षले यस्ता घटना न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम गर्न सकेका छैनन् ।

आत्महत्या गर्ने व्यक्तिलाई समयमै परामर्श, सहयोग र प्रोत्साहन हुन सकेको छैन । यसर्थ आत्महत्याका घटना हरेक वर्ष बढ्दो रहेको छ । बझाङमा हरेक वर्ष आत्महत्याका घटनामा वृद्धि हुँदै गएको छ । अघिल्लो वर्षको तुलनामा गत आ व २०८०–०८१ मा आत्महत्या गर्ने बढेको स्वास्थ्य कार्यालयकोे तथ्याङ्कमा उल्लेख छ । घरायसी समस्या, आवेग, डिप्रेसन, दीर्घरोग, लगायतका कारणले आत्महत्या बढेको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ ।

अघिल्लो आव २०७८–०७९ मा जिल्लाभर २६ जनाले आत्महत्या गरेकामा आव २०७९–०८० मा २६ जनाले आत्महत्या गरेको तथ्याङ्कले देखाएको छ । आत्महत्या गर्नेमा झुन्डिएर र नदिमा हाम फालेर देह त्याग गर्ने बढी रहेका छन् । तुलनात्मक रूपमा किशोरी र महिलाहरूले बढी आत्महत्या गर्ने गरेका छन् ।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट