२०८२ जेष्ठ १३ सोमबार
२०८२ जेष्ठ १३ सोमबार

चापाकोटमा बङ्गुर ओसारपसारमा प्रतिबन्ध

वालिङ (स्याङ्जा) । यहाँको चापाकोट नगरपालिकाले बङ्गुर ओसारपसारमा प्रतिबन्ध लगाएको छ।

चापाकोट नगरपालिका–९ स्थित एक व्यावसायिक फर्ममा ‘अफ्रिकन स्वाइन फिवर’ नामक रोग पुष्टि भएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले चापाकोट नगरपालिकाबाट अन्यत्र ओसारपसार गर्न रोक लगाएको हो।

घरपालुवा सुङ्गुर, बङ्गुर र जङ्गली बँदेल प्रजातिमा विषाणुका कारण लाग्ने उच्च मृत्युदर भएको खतरनाक महामारीजन्य अफ्रिकन स्वाइन फिवर रोग प्रयोगशालामा परीक्षणबाट पुष्टि भएको चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले बताए।

‘यहाँको एक व्यावसायिक फर्ममा शङ्कास्पद लक्षणका आधारमा प्रयोगशालामा परीक्षणका लागि पठाएका थियौँ,’ उनले भने, ‘परीक्षणका क्रममा अफ्रिकन स्वाइन फिवर पुष्टि भएकाले चापाकोट नगरपालिकाबाट तत्काललाई सुँगुर, बङ्गुर तथा बङ्गुरजन्य पदार्थहरु ओसारपसारमा रोक लगाएका हौँ।’

अफ्रिकन स्वाइन फिवर रोगले छोटो समयमा महामारीको रुप लिन सक्ने भएकाले पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १५ बमोजिम अर्को सूचना नभएसम्मका लागि ओसारपसारमा प्रतिबन्ध लगाएको उनले बताए।

स्याङ्जाको चापाकोट नगरपालिका–९ का कृषक दीपेन्द्र गहतराजले सञ्चालन गर्नुभएको गहतराज बहुउद्देश्यीय कृषि तथा पशुपालन फर्ममा पालिएका बङ्गुरहरु एकाएक मर्न थालेपछि चापाकोट नगर पशु शाखाले शङ्कास्पद बङ्गुरको नमूना परीक्षणका लागि केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा पठाएको थियो।

प्रयोगशालाबाट बङ्गुरमा अफ्रिकन स्वाइन फिवर भएको पुष्टि भएपछि थप सङ्क्रमण फैलिन नदिन ओसारपसारमा विशेष ध्यान दिइएको पशु सेवा शाखा चापाकोटका प्राविधिक सहायक समीक्षा रोकायाले बताए।

गहतराजले सञ्चालन गर्नुभएको फर्ममा साना–ठूला गरी १७ वटा बङ्गुर अफ्रिकन स्वाइन फिवरकै कारण मृत्यु भएको छ। यो सङ्क्रमण बङ्गुरमा मात्रै देखिने र यो रोग लागेपछि कुनै पनि उपचार नहुने उहाँले बताउनुभयो। सुङ्गुर प्रजातिमा उच्च ज्वरो १०४ देखि १०७ डिग्री, कान पुच्छर, पेटको तल्लो बाहिरी छाला रातो हुने, शरीरमा नीलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छटपटाउनेजस्ता लक्षणहरु देखिन्छन्। रासस


सामाग्री श्रोत :

चापाकोटमा बङ्गुर ओसारपसारमा प्रतिबन्ध

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट