काठमाडौँ । भिजिट भिषाको दुरुपयोग गरेको आरोप लागेका एमालेका नेता तथा गृहमन्त्री रमेश लेखकको विषयमा बोल्दै एमालेका महासचिव शंकर पोखरेलले सोसल मिडिया र आमसञ्चार माध्यममा आएका टिप्पणीका आधारमा फैसला नहुने अभिव्यक्ति दिएका छन् ।

आइतबार बसेको एमालेको पार्टी केन्द्रीय सचिवालय बैठकपछि बसेको पत्रकार सम्मेलनमा उनले पार्टीको तर्फबाट यस्तो प्रतिक्रिया दिएका हुन् ।
महासचिव शंकर पोखरेलले कुनै पनि घटनाको अनुसन्धान गर्ने छुट्टै निकाय हुने भएका कारण सञ्चार माध्यम वा सोसल मिडियाका माध्यमबाट पार्टीले अभियोजन गर्ने हक नराख्ने स्पष्ट पारे ।
“कुनै पनि विषयमा अनुसन्धान गर्ने अभियोजन गर्ने निकायहरू छन् । हामी आम सञ्चार माध्यम वा सोसल मिडियाका माध्यमबाट अभियोजन गर्ने हक राख्दैनौँ,” उनले भने, “राजनीतिक दलहरू सुशानको पक्षमा पैरवी गर्दछन् । अनुसन्धान गर्ने निकाय अनुसन्धान गर्दछन् । दोषी देखिएकाहरू कारबाहीमा पर्छन् । सोसल मिडिया र आम सञ्चार माध्यममा के टिप्पणी भयो भन्ने आधारमा फैसला हुँदैन ।”

पछिल्लो अध्यावधिक: जेठ ११, २०८२ १८:३९
सामाग्री श्रोत :
टेक पाना