२०८२ जेष्ठ १२ आईतवार
२०८२ जेष्ठ १२ आईतवार

ग्रोकमा अब एआईसँग निःशुल्क भ्वाइस च्याट, स्वास्थ्यदेखि कामुकसम्मका गफ गर्न सकिने

 

काठमाडौँ । अर्बपति उद्यमी एलन मस्कको एआई ग्रोकको ‘भ्वाइस च्याट’ फिचर सबैका लागि निःशुल्क उपलब्ध भएको छ । कम्पनीले गत फेब्रुअरीमा आफ्ना प्रिमियम प्रयोगकर्तालाई मात्र उपलब्ध गराएको फिचर हालै निःशुल्क उपलब्ध भएको हो ।

प्रयोगकर्ताले ग्रोकको मोबाइल एप डाउनलोड गरेर ‘भ्वाइस च्याट’ फिचर प्रयोग गर्न सक्छन् । भ्वाइस च्याट फिचर प्रयोग गर्नका लागि अकाउन्ट साइनअप गर्नुपर्ने हुन्छ ।

हुन त यसअघि नै च्याटजीपीटी र गुगलको जेमिनाई एआईमा भ्वाइस च्याटको फिचर आइसकेको छ । यी दुबै एआई टुलमा भ्वाइस च्याट फिचर निःशुल्क प्रयोग गर्न सकिन्छ । च्याटजीपीटीमा भने दुई किसिमका भ्वाइस च्याट फिचर छन् । एउटा सामान्य र अर्को अत्याधुनिक । अत्याधुनिक फिचर सीमित समयका लागि मात्र निःशुल्क प्रयोग गर्न पाइन्छ भने सामान्य फिचर जति पनि प्रयोग गर्न सकिन्छ । 

त्यसैलाई पछ्याउँदै जेमिनाईमा पनि भ्वाइस च्याट फिचर आएको थियो । त्यसलाई थप अत्यधिक बनाउन गुगलले क्यामेरा र स्क्रिनशेयरको सुविधा समेत दिएको छ । 

यी दुई एआई च्याटबटको तुलनामा मस्कको ग्रोक एआईको भ्वाइस च्याट फिचर भने भिन्न छ । तपाईँले भ्वाइस च्याट फिचरलाई कुन प्रयोजनका लागि प्रयोग गर्न खोज्नु भएको हो भन्ने पहिले नै छनोट गर्न सक्नुहुन्छ । डिफल्ट रूपमा ‘असिस्टेन्ट’को अप्सन छानिएको हुन्छ । तपाईंले आफ्नो आवश्यकता अनुसार थेरापिस्ट, स्टोरीटेलर, मेडिटेसन जस्ता मोड अन गर्न सक्नुहुन्छ । यी मोड अन गर्दा भ्वाइस च्याटमा एआईले त्यही अनुसार गफ गर्छ । 

यी बाहेक ग्रोकमा अरू पृथक मोड पनि थपिएका छन् । यदि तपाईंलाई कुनै षड्यन्त्र गर्नुछ भने कन्सपिरेसी मोड, डाक्टरसँग कुरा गरेजस्तो कुरा गर्न ग्रोक डक मोड प्रयोग गर्न सक्नुहुन्छ । 

त्यसैगरी मानसिक रूपमा विक्षिप्त हुनुहुन्छ भने ‘अनहिज्ड’ मोड छान्न सक्नुहुन्छ । त्यस्तै कामुक गफ गर्न ‘सेक्सी १८+’, उत्तेजक गफगाफ गर्न ‘रोमान्टिक १८‌+’, प्रेरणाका लागि ‘मोटिभेसन १८+’ र तर्कपूर्ण गफगाफ गर्न ‘आर्गुमेन्ट १८+’ जस्ता अप्सन छान्न सक्नुहुन्छ । 

विभिन्न रिपोर्टका अनुसार यी मोडहरू अनफिल्टर्ड छन् । अर्थात छाडा वा अशोभनीय मानिने शब्दहरू पनि ग्रोकले मोड अनुसार बोल्न सक्छ । यस्ता फिचर भने च्याटजीपीटी र जेमिनाईमा छैनन् । जेमिनाईमा विशेष किसिमका छुट्टाछुट्टै मोड छैनन् । कुन कुरा गर्दा कतिबेला कुराकानी अवरुद्ध हुन्छ भन्ने पनि थाहा हुँदैन । ग्रोकमा भने ढुक्कले आफूलाई उपयुक्त हुने मोड छानेर गफ गर्न सकिने भएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ११, २०८२ १४:५८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट