२०८२ जेष्ठ १२ आईतवार
२०८२ जेष्ठ १२ आईतवार

मेयर बालेनको डिपफेक भिडियो बनाई अवैध सट्टेबाजीको प्रचार

 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को डिपफेक भिडियो प्रयोग गरी नेपालमा गैरकानुनी मानिने अनलाइन सट्टेबाजी प्लेटफर्मको प्रचार गरिएको पाइएको छ । ‘आईबेट ९७ नेपाल’ नामक सट्टेबाजी प्लेटफर्मले शाहको भिडियोलाई दुरुपयोग गर्दै अवैध प्रचार गरेको हो ।

कलाकार सन्दीप क्षेत्रीले सञ्चालन गर्ने ‘ह्वाट द फ्लप’ कार्यक्रममा अतिथि बनेका शाहको वास्तविक भिडिओलाई तोडमोड गरी सट्टेबाजीको प्रचारमा प्रयोग गरिएको देखिन्छ । उक्त डिपफेक भिडियोमा प्रस्तोता क्षेत्रीले शाहलाई ‘फुर्सदको समयमा के गर्नुहुन्छ ?’ भनेर सोधेको देखाइएको छ । जवाफमा शाहले भने जस्तै गरी, “फुर्सदमा रमाइलो गर्छु। आईबेट ९७ मा स्लट खेल्छु । रमाइलो पनि हुन्छ,” भन्दै गरेको आवाज र दृश्य मिलाइएको छ ।

यस प्लेटफर्मले जित्न सजिलो हुने, बोनस पाइने र रकम सजिलै निकाल्न सकिने जस्ता भ्रामक दाबी गर्दै प्रचार गरिरहेको छ । साथै अनलाइनमा खुलेआम बेटिङ र लाइभ क्यासिनोको प्रचार गर्दै नेपालीलाई नै लक्षित गरी नेपाली शब्दहरू प्रयोग गरेको पाइएको छ । त्यसबाहेक उक्त प्लेटफर्मले आफू नेपालमा आधिकारिक रूपमा दर्ता भएको भन्दै नक्कली दर्ता कागजात समेत प्रस्तुत गरेको छ ।

यस सट्टेबाजी प्लेटफर्मले आफ्नो सञ्जाल टेलिग्राममार्फत पनि विस्तार गरिरहेको खुलेको छ । सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको उक्त भिडिओमा यो सामग्री तयार पार्दासम्म १० हजार बढी रियाक्सन, १६५ कमेन्ट र नौ लाख बढी भ्युज आएको छ ।

नेपालकाे मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टेबाजी गर्नु नहुने प्रावधान राखिएकाे छ । धारा १२५ को (२) को उपदफा (१) को (क)मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

पछिल्लो अध्यावधिक: जेठ ११, २०८२ ११:२२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट