काठमाडौं- नेपाल फार्मेसी संघको अध्यक्षमा युवराज भुसाल निर्वाचित भएका छन्।
काठमाडौँमा शनिबार सम्पन्न संघको तेस्रो राष्ट्रिय महाधिवेशनले भुसालको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो।
त्यसैगरी संघको उपाध्यक्षमा टेकबहादुर विक, मिना भट्ट र महेश्वर पोखरेल निर्वाचित भएका छन् भने महासचिवमा सुवर्णराज पन्त निर्वाचित भएका छन्।
सचिवमा कविन मलेकु, सुन्दर आचार्य, रामप्रसाद कोइराला, विनोद पन्त, ध्रुवकुमार शर्मा, नवीन धामी, कृष्णमुरारी शुक्ला गरी सातजना चयन भएका छन्।
कोषाध्यक्ष पदमा यदुप्रसाद पन्त र सह कोषाध्यक्षमा विष्णु कँडेल निर्वाचित भएका छन्।
कार्यसमितिको सदस्य पदमा ओमकार अर्याल, गोविन्द तिवारी, सुशील सिग्देल, दिनेश जोशी, विजय फुल्लेल, विकास केसी, अर्जुन कार्की र शिवकुमार मिश्र रहेका छन्।
सामाग्री श्रोत :
swasthyakhabar

