२०८२ जेष्ठ १२ आईतवार
२०८२ जेष्ठ १२ आईतवार

बाढीपहिरो गएको हप्तादिन पछि हुम्ला पुग्यो कर्णाली प्रदेश सरकारको राहत, वितरण हुँदै

हुम्ला – जेठ १ गते राति आएको बाढीपहिरोबाट पीडितका लागि कर्णाली प्रदेश सरकारले पठाएको राहत सामग्री हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा पुगेको छ ।

प्रदेश सरकारले पठाएको पिठो, सोलार सेट, अस्थायी घर (टेन्ट), म्याट्रेस सेटलगायत राहत सामग्री यहाँ आइपुगेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । प्रदेश सरकारले पठाएको राहत सामग्री प्रजिअ पाण्डेय, नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा, प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेललगायतले खार्पुनाथ गाउँपालिका–१ बोक्चेगौडामा पुगेर लिएका हुन् ।

Ncell 2
Ncell 2

बोक्चेगौडा सडक निर्माण भइरहेका कारण सिधै सदरमुकाम सिमकोटमा पुग्न नसकेपछि उनको टोली शनिबार त्यहाँ पुगेर राहत सामान बुझी ल्याएको हो । उक्त सामान बोक्चेगौडा भिरमा बोकेर ओसारिएको थियो । यस्तै अन्य सुरक्षाकर्मीले भारी बोकेर भिर पार गरी सामग्री ओसारेका थिए । कर्णाली प्रदेश सरकारले पठाएको उक्त राहत सामग्री नाम्खा गाउँपालिका उपाध्यक्ष लामाको जिम्मा लगाइएको छ । यही जेठ १ गते राति गाउँभन्दा माथिदेखि बाढीपहिरो आउँदा तिल गाउँका १९ परिवारका ३३ जना अहिले त्रिपालमुनि बस्दै आएका छन् । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट