२०८२ जेष्ठ ९ बिहीबार
२०८२ जेष्ठ ९ बिहीबार

दाजुको प्रेरणाले नर्स बनेकी जानकी

जानकी धामी, वीर अस्पताल नर्सिङ क्याम्पसमा कार्यरत छिन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट उनले नर्सिङ गरेकी हुन्। 

पुर्खाैली घर सुदुरपश्चिम भएकी उनको ठाउँमा त्यतिबेला नर्स बन्ने हौसला प्राय परिवारबाट पाउने स्थिती थिएन। त्यस्तो अवस्थामा पनि उनका दाजुले उनलाई नर्स बन्न उत्प्रेरित गरे। 

‘मलाई नर्स पढ्नका लागि इन्ट्रान्समा दिन लगाउने, भर्ना गरिदिने तथा पढाई खर्चको व्यवस्थापन गरिदिने नै मेरो दाई हुुनुहुन्थ्यो,’ स्मरण गरिन्। 

पीएसएल पढाइ सकिएपछि उनले ओम अस्पतालको जनरल वार्डमा पनि काम गरिन्। त्यसपछि त्रिवि शिक्षण अस्पताल हुँदै २०१४ सालदेखि उनी वीर नर्सिङ क्याम्पसको विभिन्न तह हुँदै हाल एशोसिएट प्रोफेसरका रुपमा कार्यरत छिन्। 
नेपाल सरकारले सेवा प्रवेश गर्दाको समयमा निश्चित सेवा सुविधा नर्सका लागि प्रदान गर्ने उल्लेख गरेको हुन्छ, तर पनि अस्पतालहरुले त्यो अनुसारको सेवा नदिएकोमा उनको असन्तुष्टी छ। 

चिकित्सा शिक्षा आयोगको स्थापनासँगै नर्सिङ कलेज सञ्चालनका लागि विभिन्न मापदण्ड तय गरेसँगै यो क्षेत्रमा औद्योगिकीकरण नै आएको उनको भनाइ छ। 

नर्स विदेश पलायनको स्थिती भयावह 
पछिल्लो समय नर्सहरु विदेश पलायनको स्थिती भयावह रहेको उनको बुझाइ छ। ‘नर्सहरुले नीति निर्माण तहसम्म लबिङ गर्न नसक्दा यस्तो भएको पनि हुनसक्छु,’ उनले भनिन्। 

विद्रोह गर्दा सरुवा भइने डरले समेत कतिपय नर्सहरुले कुरा राख्न नसक्ने स्थिति समेत भएको उनी बताउँछिन्। ‘निजी अस्पतालमा मात्रै होइन सरकारीमा पनि नर्सहरुको थुप्रै समस्या छन्,’  उनले भनिन् – ‘वर्षाैंसम्म एउटै पदमा कार्यरत रहनुपर्ने, अस्थायी सरकारका कारण पटक–पटक सरुवाको अवस्था पनि छ।’

मुलुककै जेठो अस्पताल वीरमा ११ औं तहको नर्सिङ प्रशासक एक जनामात्रै रहेको अवस्था छ। वीरमा ३–४ जनासम्म नर्सिङ प्रशासक हुनुपर्ने उनी बताउँछिन्। 

राज्यको समंग्र विकासका लागि स्वास्थ्य क्षेत्रको विकासले महत्वपुर्ण भुमिका खेल्ने गर्छ। प्राविधिक क्षेत्रमा चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीहरु पर्ने गर्छन्। 

जोखिमपूर्ण तथा आवश्यकता अनुसार जुनसुकै समयमा कामका लागि तयार हुनुपर्ने नर्सको सेवासुविधा अपेक्षाकृत नभएको उनलाई लाग्छ। स्वास्थ्यकर्मीलाई निजामती सरह मात्रै सेवा सुविधा दिनु उचित नभएको उनको बुझाइ छ। 

सरकारी तथा निजी क्षेत्रबाट स्वास्थ्यकर्मी पलायनको स्थितिलाई रोक्नका लागि सरकारले उचित सेवा सुविधा प्रदान गर्नुपर्नेमा उनको जोड छ। 

चिकित्सा शिक्षा आयोगले नर्सिङ कलेज सञ्चालनका लागि निश्चित मापदण्ड पूरा गरेको हुनुपर्ने नियम ल्याएपछि पछिल्लो समय नर्स उत्पादन कम हुँदै गएको छ। राम्रो जनशक्ति निकाल्ने वीर जस्ता अस्पतालहरुमा पिसिएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न नपाउने स्थिति आउनु नर्सिङ पेशाका लागि दुर्भाग्य भएको उनी बताउँछिन्। 

देशमा आधारभूत नर्सिङ सेवा प्रदान गर्ने पीसीएल नर्सहरुको उत्पादन वीरजस्ता संस्थाामा पनि हुनुपर्ने उनको धारणा छ। यस्तो अवस्थामा नियम संशोधनका लागि पहल गरिनुपर्ने उनको तर्क छ। 

जब हजुरबा, हजुरआमाले पनि नर्स बन्न प्रेरित गरे 
पढ्नका लागि बढी उत्प्रेरणा दाईबाट पाएपनि पारिवारिक सपोर्ट पनि राम्रै रहेको उनी बताउँछिन्। उनले भनिन् – ‘बुबा शिक्षक हुनुहुन्थ्यो, उहाँमा छोरीहरुलाई पढाए मात्रै समाज र परिवार शिक्षित हुन्छ भन्ने चेतना भएका कारण नर्स बनें।’ 
दाजु, बुबाले मात्रै नभई हजुरबा, हजुरआमाले समेत जानकीलाई नर्स बन्नका लागि प्रेरित गरेका थिए, विगतलाई स्मरण गर्दै उनले सुनाइन्। 

गोरखापत्रमा गरिएको विज्ञापनका आधारमा उनका दाजुले उनलाई नर्स बन्नका लागि हौसला दिएका थिए। 

नर्समा विशिष्टिकरण आवश्यक 
नर्सिङ पेशालाई विशिष्टिकृत बनाउनु पर्ने उनी बताउँछिन्। नेपालमा क्रिटिकल केयर नर्सिङ, प्रसुती सेवा नर्सिङ लगायत विभिन्न विधामा  नर्सको विशिष्टिकृत पढाइ सुरु भएको छ। 

‘पढाइ अनुसार जनशक्तिको उपयोग हुन नसक्नु भने दुखद् हो,’ उनले भनिन्– ‘सरकारी स्तरबाट जनशक्ति माग नहुने स्थिति छ।’

जुन विधा पढेको हो, त्यसैअनुसार सेवा दिन पाउने स्थिति भएमा स्वास्थ्यमा गुणस्तरीय सेवा प्रवाह हुने उनको बुझाइ छ। 

नर्सहरुलाई सेवा सुविधा बढाउँदा काममा बढी जिम्मेवार बनाउन सकिने उनलाई लाग्छ।

नर्स बनेकोमा गर्व लाग्छ 

पछिल्लो समय नर्स पेशाका नकारात्मक पक्षहरु बाहिर आउने गरेका छन्। उनलाई भने आफू यसै पेशाले चिनिन पाउँदा गर्व लाग्छ। 

नर्सहरुका लागि रात्रीकालीन ड्युटी अनिवार्य जस्तो नै हुन्छ।  धेरै नर्सहरु रात्रीकालीन ड्युटी गर्न रुचाउँदैनन्, उनलाई पेशाको सुरुवातमा गरिएको रातिको ड्युटीले अथाह आनन्दको महशुुस हुन्थ्यो।  

रातीको ड्युटी गर्ने नर्सहरुलाई थप सेवा सुविधा र भत्ता बढाउनुपर्ने उनलाई लाग्छ। 

‘रातीको समयमा घर बाल बच्चा र निन्द्रा समेत माया मारेर बिरामीको सेवामा समर्पित हुनेलाई अतिरिक्त सेवा हुनुपर्छु,’ उनले भनिन्। 

रातीको ड्युटीका लागि निजी अस्पतालमा अतिरिक्त ५० रुपैयाँ तथा सरकारी अस्पतालले थप १५० रुपैयाँ अतिरिक्त पैसा दिने गरेकोमा त्यसलाई बढाउनुपर्नेमा उनको जोड छ। नर्सले कार्यक्षेत्रमा हुँदा प्रत्येक दिन मृत्युका केशहरुको सामना गर्नुपर्ने हुन्छ। 

यो पेशा मानवीय संवेदनासँग जोडिएको पेशा भएको उनलाई लाग्छ। ‘बच्चा, युवा जस्ता असामयिक मृत्युका घटनाले नर्सलाई अझै बढी संवेदनशील बनाउँछु,’ उनले भनिन्, ‘यस्ता घटनाले कति कतिबेला त जीवनदेखि नै खिन्न बनाइदिन्छ।’ 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट