२०८२ जेष्ठ १० शुक्रबार
LATEST NEWS
२०८२ जेष्ठ १० शुक्रबार

बयालपाटा अस्पतालमा प्रसूति शल्यक्रिया सेवा पुनः सुरु

अछाम- जिल्लाको बयालपाटा अस्पतालमा आकस्मिक प्रसूति शल्यक्रिया सेवा पुनः सुचारु भएको छ। एमडिजीपी डाक्टरले राजिनामा दिएपछि २ हप्तासम्म रोकिएको सेवा पुनः सुचारु भएको हो। 

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले एक जना डाक्टर बयालपाटा अस्पालमा खटाएपछि सेवा सुचारु भएको हो। 

सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशनालयको सिफारिस बमोजिम सामाजिक विकास मन्त्री मेघराज खड्काको निर्देशनमा मन्त्रालयले एक जना एडभान्स एसबिए डाक्टरलाई बयालपाटा अस्पतालमा खटाएको छ। 

छात्रवृति करार सेवाका डाक्टर कृष्ण बहादुर सोडारीलाई मन्त्रालयले बयालपाटा अस्पतालमा खटाएपछि आइतबारबाट आकस्मिक प्रसूति शल्यक्रिया सुरु भएको हो। आइतबार अस्पतालमा हाजिर भएका डाक्टर सोडारीले सोमबार साँझ एक महिलाको शल्यक्रिया मार्फत प्रसूति गराएका छन्। 

मेल्लेख गाँउपालिका वडा नं. ५ की २३  वर्षीया ईश्वरी विकको शल्यक्रिया मार्फत प्रसूति भएको हो। ति महिलाको गर्भाशयमा एम्नियोटिक तरल पदार्थ एकदमै कम भएको, पानी बगिरहेको, बच्चाको दिशा (मिकोनियम) मिसिएको तथा भु्रणको बायाँ पृष्ठ भागतर्फको स्थितिमा रहेकोले शल्यक्रिया गर्नुपरेको डाक्टर सोडारीले बताए। विकले पहिलो बच्चालाई जन्म दिएकी छन्। 

उक्त शल्यक्रियामा डाक्टर सोडारी सहित डाक्टर मन्दिप पाठक, एनेस्थेसिया महेन्द्र कुवँर, नर्स राजेश्वरी केसी, भारती गौतम र सहयोगीमा लक्ष्मि विकको टिम सहभागी थियो। 
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट