२०८२ जेष्ठ २ बिहीबार
२०८२ जेष्ठ २ बिहीबार

ट्राफिक इन्स्पेक्टरले प्रहरी जवानलाई कुटेको भिडिओ भाइरल, दुवैलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान सुरु

काठमाडौँ । नागढुङ्गामा एक ट्राफिक प्रहरी इन्स्पेक्टरले जनपद प्रहरी जवानलाई कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि घटनाको छानबिन थालिएको छ । प्रहरी प्रधान कार्यालय, काठमाडौँ उपत्यका कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले भिडिओमा देखिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाई अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

घटनापछि ट्राफिक इन्स्पेक्टरलाई ट्राफिक प्रहरी महाशाखा तथा जवानलाई उपत्यका प्रहरी परिसर, काठमाडौँमा फिर्ता बोलाइएको हो । साथै, छानबिनका लागि प्रहरी उपरीक्षक (डीएसपी) एलिजा गिरीको नेतृत्वमा समिति गठन गरिएको प्रहरीले जनाएको छ ।

“उपत्यका प्रहरी कार्यलयबाट डीएसपीको कमान्डमा छानबिन समिति गठन भएको छ,” एसएसपी खनालले टेकपानासँग भने, “समितिले स्थलगत अध्ययन र विवरण संकलन गरी प्रतिवेदन तयार पार्नेछ ।” ​सोही प्रतिवेदन अनुसार भाइरल भिडिओमा वास्तवमा के भएको थियो भनेर प्रहरीले आधिकारिक धारणा बनाउने र कारबाही प्रक्रिया अघि बढाउने उनको भनाइ छ । 

 

बुधबारदेखि सामाजिक सञ्जालमा भाइरल भिडिओमा ट्राफिक इन्स्पेक्टरले जवानलाई सार्वजनिक स्थानमा पटक-पटक कुटेको देखिन्छ । जवानले प्रतिकार नगरेर चुपचाप सहिरहेको दृश्य देखिएको भिडिओप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रहरी जवानप्रति सहानुभूति व्यक्त गरेका छन् । कतिपयले सो घटनालाई अमानवीय भन्दै इन्स्पेक्टरमाथि कडा कारबाहीको मागसमेत गरेका छन् ।

पछिल्लो अध्यावधिक: जेठ १, २०८२ १६:४३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट