२०८२ जेष्ठ २ बिहीबार
LATEST NEWS
२०८२ जेष्ठ २ बिहीबार

सरकारी अस्पतालको सफ्टवेयर खरिदमा लापरबाही, साढे ४९ लाख खर्च तर प्रयोग शून्य

 

काठमाडौँ । सङ्घीय अस्पतालका लागि खरिद गरिएको सफ्टवेयर प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ । महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले संघीय अस्पतालका लागि खरिद गरिएको इलेक्ट्रोनिक हेल्थ रेकर्डिङ सफ्टवेयर र ‘मेरो अस्पताल’ एप हालसम्म प्रयोगमा नआएको उल्लेख गर्दै जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने ठहर गरेको छ । 

सन् २०७७/७८ मा सो सफ्टवेयर निर्माणबापत आपूर्तकलाई ४९ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिएको थियो । तर, खरिद गरिएका सफ्टवेयरहरू अहिलेसम्म कार्यान्वयनमा नआएको प्रतिवेदनमा उल्लेख छ । 

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३ मा ‘आवश्यकताको पहिचान बेगर कुनै वस्तु वा सेवा खरिद गर्न नपाइने’ उल्लेख छ । तर लेखापरीक्षणका क्रममा मन्त्रालयका विभिन्न महाशाखामा १५ प्रकारका सफ्टवेयर खरिद तथा अनुदानमा प्राप्त भएको देखिए पनि तीमध्ये धेरैजसोको प्रभावकारी प्रयोगबारे स्पष्ट विवरण नपाइएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।  

“…यसरी आवश्यकताको पहिचान बेगर सफ्टवेयर खरिद गरी रकम भुक्तानी गर्ने पदाधिकारीलाई जिम्मेवार बनाउनुपर्दछ,” महालेखाले भनेको छ ।

पछिल्लो अध्यावधिक: जेठ १, २०८२ ९:५७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट