२०८२ जेष्ठ २ बिहीबार
LATEST NEWS
२०८२ जेष्ठ २ बिहीबार

सबै विद्यालयमा नर्सको दरबन्दी दिन अहिले नै सम्भव छैन: स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू गर्न तत्कालै सम्भव नरहेको बताएका छन्। 

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सबै विद्यालयमा उक्त कार्यक्रम लागू गर्नका लागि राज्यको स्रोत साधनले पुग्ने स्थिती नरहेको बताएका हुन्।

‘यस कार्यक्रमलाई बजेटले नै सम्बोधन गर्नुपर्ने स्थिती छ,तर सबै विद्यालयमा स्वास्थ्य मन्त्रालयले नै नर्सको दरबन्दी दिन सम्भव छैन’,उनले भने ‘संघ, प्रदेश तथा स्थानीय सरकारले विद्यालय नर्स कार्यक्रमका लागि कति बजेट विनियोजन गर्ने भन्ने यकिन गरेर अगाडि बढ्न सक्ने स्थिती थियो। तर त्यो यसै वर्षको बजेटमा समेट्नका लागि भने ढिलो भइसकेको छ।’ 

सबै क्षेत्रमा स्वास्थ्य सेवाको परामर्शलाई पुर्‍याउन नसकेको मन्त्री पौडेलको भनाई छ। विद्यालयमा शारीरिक तथा मानसिक स्वास्थ्यका बारेमा किशोरीकिशोरी मार्फत् स्वास्थ्य सचेतना फैलाउनका लागि धेरै काम गर्नुपर्ने अवस्था रहेको पनि उनले बताए। 

औपचारिक शिक्षा भित्र शारीरिक तथा मानसिक स्वास्थ्य समस्याका पक्षहरुलाई  समावेश नगरिदाँ आफैं सजग भएर सावधानी अपनाउनुपर्ने अवस्था रहेको पौडेल बताउँछन्। प्राकृतिक रुपमा हुने कतिपय शारीरिक परिवर्तनहरुका विषयमा जानकारी गराउनका लागि विद्यालय स्तरमा नै स्वास्थ्य विषयलाई अनिवार्यरुपमा समावेश गर्नुपर्ने मन्त्री पौडेलको जोड थियो। 

विद्यालय नर्स कार्यक्रम बाग्मती प्रदेशका विद्यालयमा बढी लागु भएपनि बाग्मती प्रदेशका सबै विद्यालयमा यो कार्यक्रम लागु गर्र्न नसकिएको स्थिती रहेको मन्त्री पौडेलको धारणा छ। यस कार्यक्रममा लागि स्वास्थ्य तथा शिक्षा दुवै मन्त्रालयको समन्वयमा काम गर्नुपर्ने स्थिती रहेको मन्त्री पौडेलको धारणा छ। 

हाल देशमा १ हजार ३ सय ८६ विद्यालयमा नर्स रहेका छन्। उक्त कार्यक्रमलाई अझै ३ हजार भन्दा बढी विद्यालयमा विस्तार गर्नुपर्ने अवस्था छ।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट