वैशाख महिनालाई खोपको महिनाको रुपमा मनाउँदै आइरहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ३१ गते खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकाहरुका लागि बृहत खोज र खोप अभियान २०८२ सञ्चालन गरिरहेको छ। मन्त्रालयले बैशाखलाई पूर्ण खोप सुनिश्चित र प्रमाणीकरण महिनाका रुपमा मनाउने उदेश्यले खोप अभियान २०८२ सन्चालन गर्न लागेको हो।
खोप लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्ण खोप रहेको सुनिश्चित गर्नको लागि यही २०८२ वैशाख ३१ गते देशभरका सबै बालबालिकालाई सबै सरकारी स्वास्थ्य संस्थाबाट १५ महिना भित्रमा लगाउनु पर्ने नियमित खोपमा छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई नियमित खोप दिने अभियान भएकाले वैशाखमहिनालाई खोपको महिनाको रुपमा परिभाषित गरएिको छ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभाग अन्र्तरगत रहेका सम्पूर्ण खोप कार्यक्रम सञ्चालन भएका सूचीकृत स्वास्थ्य संस्थाहरुमा निःशुल्क रुपमा राष्ट्रिय खोप तालिका अनुसार जन्मेदेखि दुईवर्ष भित्रका बालबालिकाहरुलाई बिभिन्न घातक रोगहरुको बिरुद्धमा खोपहरु उपलब्ध भएको कुरा सर्वविधितै छ।
यस्ता घातक रोगहरुबाट भविष्यका कर्णधारको रुपमा रहेका बालबालिकाहरुलाई पूर्ण रुपमा बचाउनको लागि हरेक बाबाआमा दाजुभाई, दिदिबहिनी र सम्पूर्ण स्वास्थ्यका सरोकारवालाहरुको महत्वपूर्ण भुमिका रहेको हुन्छ। यी घातक रोगहरुबाट बचाउन हरेक परिवारले आफ्ना बालबालिकाहरुलाई जन्मपश्चात १५ महिनाको उमेर पूरा हुुँदासम्म अर्थात् दुईवर्ष भित्र स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मीहरुसँग बच्चालाई भेट गरी खोप लगाइ आफ्ना बच्चालाई घातक रोगबाट बचाउनु नितान्तै जरुरी र महत्वपूर्ण कार्य मानिन्छ।
भनिन्छ नि, ‘रोग लाग्नु भन्दा रोगको बाटो छेक्नु नै बेस’। ठिक त्यसैको उपजलाई मानेर यो कार्यलाई निकै महत्वको साथ हेरिएको छ। त्यसकारणले गर्दा हरेक स्वास्थ्य संस्थाहरुबाट सञ्चालित यो महत्वपूर्ण कार्यक्रमलाई निकै संवेदनशील र अनिवार्य प्रयोगमा ल्याउनुपर्ने कार्यक्रमको रुपमा हेर्ने गरिन्छ। त्यसैले गर्दा यो खोप कार्यक्रमलाई पी वान कार्यक्रम अर्थात् कार्यक्रमको पनि महत्वपूर्ण कार्यक्रम भनिएको छ। हरेक वर्ष वैशाखमहिनालाई नियमित रुपमा खोप कार्यक्रममा छुट भएका बालबालिकाहरुलाई सम्पूर्ण स्वास्थ्यकमीले आ–आफ्ना सेवा क्षेत्र भित्रका बालबालिकाहरुलाई सेवा क्षेत्रका गाउँहरुमा घरधुरी सर्वेक्षण गरी खोपको दिगोपना निरन्तर दिने र कतैबाट छुटेकाहरुलाई पुन खोप केन्द्रमा बोलाई खोप लगाइ दिने, पूर्ण खोप निश्चित गर्ने र खोपको दिगोपनालाई सुनिश्चित गर्ने कार्य हरेक वर्षको वैशाखमहिनामा निरन्तर गरिने हुनाले वैशाखमहिनालाई खोपको महिना भनिएको हो।
याद गरौं, जबसम्म सबै बालबालिकाले खोप लगाउँदैनन्, तबसम्म कोही पनि सुरक्षित हुँदैनन्। खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकाका लागि २०८२ वैशाख३१ गतेको बृहत् खोज र खोप अभियान सफल बनाउन आ–आफ्नो स्थानबाट लागिपरौं।
खोपको महत्व :
‘खोप निःशुल्क पाइन्छ, खोप सुरक्षित छ, खोपले जीवन रक्षा गर्दछ’ खोप ठूलो जनसमूहलाई सुरक्षित गर्ने साधन हो। प्रत्येक पाँचजना बालबालिकाको मृत्युमध्ये एक जनालाई खोपबाट बचाउन सकिन्छ। खोपले जिवन बचाउँछ।
खोप सबैभन्दा राम्रो खरिद हा। जनताको लागि फ्रि अधिकार हो। भने रोग लाग्नेदर, अपाङ्ग हुनेदर र मृत्यु हुने दर घटाउने खोप कार्यक्रमको लक्ष्य हो। एकजना बच्चालाई सम्पूर्ण खर्च बेहोरेर हेर्ने हो भने सम्पूर्ण खोप पूरा गर्नको लागि तीस हजार रुपैयाँ खर्च लाग्ने भनिएको छ। त्यसकारणले पनि नेपाल सरकारले बच्चाको लागि निशुल्क रुपमा बितरण गर्दै आएको खोपलाई निकै महत्वका साथ हेरि सम्पुर्ण अभिभावकले आफ्ना बालबालिकालाई खोप लगाई घातक रोगबाट बचाउनु पर्दछ।
नेपाल सरकारले निःशुल्क रुपमा बालबालिकाहरुका लागि सञ्चालनमा ल्याएको यो खोपकार्यक्रमबाट प्राप्त हुने खोपलाई बाहिरी रुपमा किनेर प्रयोगमा ल्याउनको लागि बहस भन्दा अलि टाढाको विषय भएको अर्थात् हाम्रो क्षमताले भेट्न नसक्ने हुनाले आफ्ना बालबालिकाहरुलाई यस्ता १४ वटा घातक रोगहरुबाट बचाउन बालबालिकाहरुलाई लुलोलङ्गडो, लठेब्रा,े सुस्त मनस्थीति र बिक्षिप्त क्षमताबाट जोगाउन तथा बच्चाको शारिरिक मानसिक सामाजिक र संवेगात्मक बिकासमा पछि गएर कुनै असर नपरोस् भन्नका लागि यी महत्वपूर्ण र निःशुल्क रुपमा प्रगोगमा आएका नियमित रुपमा हरेक महिना सन्चालनमा ल्याइएका खोपहरुलाई आफ्नो पायक पर्ने नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रमा आफ्ना बालबालिकाहरुलाई लगेर अनिवार्य खोप लगाऔं।
भविष्यका कर्णधारको रुपमा रहेका बालबालिकाहरुको स्वास्थ्यलाई बचाऔं। आफ्ना बालबालिकाहरुको भबिष्य उज्वल बनाऔं। जानेर वा नजानेर कुनैपनि अभिभावकले बालबालकिाहरुको खोप लगाउन पाउनुपर्ने नैर्सगिक अधिकारबाट बन्चित नगरौं। हरेक वर्ष अभियानकै रुपमा चल्ने वैशाखमहिना खोपको महिना भन्ने अभियानलाई सफल पारौं।
जन्मेदेखि दुईवर्ष भित्रका बालबालिकाहरुलाई अनिवार्य रुपमा लगाउनुपर्ने नियमित खोपहरु
– जन्मने बित्तिकै : बिसिजी खोप, क्षयरोगका बिरुद्धमा
– छ हप्तामा : रोटा (पहिलोमात्रा), पोलियो (पहिलो मात्रा), पीसीभी (पहिलो मात्रा), डिपिटी. हेप बी.हिब (पहिलो मात्रा) : रोटा भाइरसबाट हुने झाडापखाला, पोलियो , निमोनिया (निमोकोकल रोगहरु), भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएन्जा बी का बिरुद्धमा
– दश हप्तामा : रोटा (दोस्रो मात्रा), पोलियो (दोस्रो मात्रा), पिसिभि (दोस्रो मात्रा), डिपिटी हेप बी हिब (दोस्रो मात्रा) : रोटा भाइरसबाट हुने झाडापखाला, पोलियो निमोनिया (निमोकोकल रोगहरु) भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार, हेपाटाईटिस बी, हेमोफिलस इन्प्mलुएन्जा बीका बिरुद्धमा
– चौध हप्तामा : पोलियो (तेस्रो मात्रा), एफ आई पिभी (पहिलो मात्रा) डीपीटी हेप बी हिब (तेस्रो मात्रा) : पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार , हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएन्जा बीका बिरुद्धमा
– नौ महिनामा : पीसीभी (तेस्रो मात्रा) एफ आई पी भी (दोस्रो मात्रा ) दादुरा, रुबेला (पहिलो मात्रा) : निमोनिया (निमोकोकल रोगहरु ) पोलियोका रोगहरु, दादुराका बिरुद्धमा
– बाह्रौ महिनामा : जापानिज इन्सेफ्लाइटिस (एकमात्रा) ः जापानिज इन्सेफ्लाइटिसका बिरुद्धमा
– पन्ध्रौं महिनामा : दादुरा, रुबेला (दोस्रो मात्रा), टाइफाइड (पहिलो मात्रा ) : दादुरा र रुबेला रोगको बिरुद्धमा साथै टाइफाइड रोगका बिरुद्धमा दिइन्छ।
– कक्षा ६ मा पढ्रने छात्रा/विद्यालय नजाने १० वर्षकी किशोरी : एचपीभी खोप (एक मात्रा), पाठेघरको मुखको क्यान्सर बिरुद्धमा (आर्थिक बर्ष ०८२/०८३ देखि नियमित खोपमा सञ्चालित रहने)
यसरी नेपाल सरकारबाट निःशुल्क रुपमा बितरण गरिएका यी महत्वपूर्ण खोपहरुलाई प्रत्येक बालबालिकाका अभिभावक, स्वास्थ्यका सम्पूर्ण सरोकारवालाहरु, राज्यका तिनै तहका जनप्रतिनिधी, स्वास्थ्यकर्मी, संचारकर्मी, प्रशासनलगायत सबैको आ–आफ्नो तहबाट सहयोग र सहकार्यता रहेका मात्र राज्यको यो महत्वपूर्ण कार्यको सार्थकता रहन्छ। आ–आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा आफ्नो बच्चाले खोप प्राप्त गर्ने समय अबधिमा अनिवार्य रुपमा गएर आ–आफ्ना बालबालिकाहरुलाई यस्ता प्राणघातक डरलाग्दा रोगहरुबाट बचाउनु हरेक बाबा, आमा र सरोकार वाला सम्पुर्ण नागरिकको कर्तब्य मानिन्छ। भन्नमा कुनै दुईमत पाइँदैन त्यासैले सबैले मिलेर यो अभियान सफल पारौं र आ आफ्ना बालबालिकालाई घातक रोगबाट बचाऔं।
(लेख पोख्रेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुन्)
सामाग्री श्रोत :
swasthyakhabar

