२०८२ बैशाख २४ बुधबार
२०८२ बैशाख २४ बुधबार

डा. जगमान गुरुङले भने– जेठ १५ गते गणतन्त्रको अवसान र श्री ५ ज्ञानेन्द्रको गद्दी आरोहण हुन्छ

काठमाडौं– संस्कृतिविद तथा राजसंस्था पक्षधर अभियन्ता डा. जगमान गुरुङले आउँदो जेठ १५ गते नै नेपालमा गणतन्त्रको अवसान र श्री ५ ज्ञानेन्द्रको गद्दी आरोहण हुने भविष्यवाणी गरेका छन् । राजसंस्था सँगसँगै वैदिक सनातन अधिराज्यको पनि स्थापना हुने उनको दाबी छ ।

आज एक कार्यक्रममा सम्वोधन गर्दै गुरुङले जनताले तीव्ररुपमा राजाको आवश्यकता महसुस गरिरहेको बताए । राजाले दरबार छोडेर जनताको नासो जनतालाई सुम्पिए पनि अब यसलाई फेरि राजामै फर्काउनुपर्नेमा उनले जोड दिए ।

यस्तो छ उनको भनाइ

Ncell 2
Ncell 2

जनताले राजाको (आवश्यकता) महसुस गरेका छन् । राजाको इच्छा छ कि छैन, तर जनताले महसुस गरे । श्री ५ ज्ञानेन्द्र दरवार छोडेर जनताको नासो जनतालाई सुम्पिएँ भनेर हाँसिहाँसी हात हाल्लाएर हिँडिबक्स्यो । तर, जनताको नासो हामीले थाम्न सकेनौं, प्रभु यो तिम्रै हो, अब हाम्रो नासो तिमीले नै राखिदेउ भनेर राजालाई सुम्पिने हो ।

श्री ५ ज्ञानेन्द्रले पनि यदि म राजा हुने हो पनि नेपाली जनताको सदिच्छाअनुसार हुने छु भनेर हुकुम भएको छ । त्यसैले अब छिट्टै नेपालमा संवैधानिक राजसंस्थाको स्थापना हुन्छ । वैदिक सनातक अधिराज्य नेपालको स्थापना हुन्छ ।

shivam cement
shivam cement

हामी राजावादी भएको हुनाले श्री ५ को इच्छा जाहेर गर्नुपर्छ । हामीले बहुदल चाहुम्ला नचाहुम्ला, त्यो भिन्दै हो । तर श्री ५ को सन्देशमा बहुदलीय प्रजातन्त्र भनिबक्सेको हुँदा बहुदलीय प्रजातन्त्रको संस्थागत विकासको हामीले पुकारा गरौं ।

अब २०८२ सालमा जनताको सदिच्छा पूरा हुने छ भनिबक्सेको छ । कहिले हुन्छ त अब ? जेठ लागेपछि हुन्छ । मैले जेठ १५ गतेको अवधि तोक्या छु ।

कुनै मान्छे मर्नुपर्यो भने उसैको जन्म महिना, जन्म राशी, जन्म बार, जन्म नक्षेत्रमा मर्छ । १५ गते गणतन्त्रको स्थापना भएको हो । २०८२ साल जेठ १५ गते गणतन्त्रको अवसान हुन्छ र श्री ५ ज्ञानेन्द्रको गद्दीमा आरोहण हुन्छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट