२०८२ बैशाख २३ मंगलवार
२०८२ बैशाख २३ मंगलवार

सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह

काठमाडौँ–उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गर्नुपर्ने बताएका छन्। 

नागार्जुन नगरपालिकाको रामकोटमा निर्माणाधीन बद्रीनारायण धाममा आयोजित कार्यक्रममा उनले एउटा कानले सुन्ने र अर्को कानले विर्सने प्रवृत्ति बढेको बताएका हुन्। 

समाजलाई पवित्र बनाउँदै असत्यको बाटोबाट समाजलाई सत्यको बाटोमा लैजान यस्ता धार्मिक कार्यक्रमले सहयोग पुग्ने उनले विश्वास गरे। 

Ncell 2
Ncell 2

“समाजलाई सत्यको बाटोमा लैजान धार्मिक कार्यक्रममा हुने प्रवचनका कुरालाई आत्मसात गरौँ,” उनले भने,“जसले मेहनत गर्छ। मेहनतको फलको आनन्द प्राप्ति बेग्लै किसिमको हुन्छ।”

समाजलाई सत्य र पवित्रताको बाटोमा अगाडि बढाउन सेवाभावले समर्पित व्यक्तिको समाजले मूल्याङ्कन गर्न सक्नुपर्ने उनले बताए। उनले बद्रीनारायण धामको पूर्वाधार विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए।  

shivam cement
shivam cement

धाम निर्माण समितिका अध्यक्ष दीनबन्धु पोखरेलले धामलाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए।  

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट