सिरहा– हुलाकी सडकअन्तर्गत सिरहा र धनुषाको सीमामा अवस्थित कमला नदीको अस्थायी काठेपुल बाढीले बगाएको छ । सिरहा नगरपालिका-६ स्थित कमलामा रहेको काठेपुल मंगलबार बिहान आएको बाढीले बगाइदिएको हो ।

पुल बाढीले बगाएपछि हुलाकी सडकबाट आवागमन नै बन्द हुन पुगेको छ । पैदलयात्रीहरू भने पुल छेउमा रहेको भर्याङबाट जोखिम मोल्दै आवातजावत गरिरहेको वडाध्यक्ष इन्द्रजितकुमार यादवले बताए ।
अहिले नदीमा बाढी रहेको र पानी कम भएपछि के गर्ने भन्ने विषयमा सोच्ने उनको भनाइ छ । यो अस्थायी काठेपुल नगरपालिकाले ६ महिनाअघि करिब २ लाख रुपैयाँ खर्चेर निर्माण गरेको थियो ।
कमला नदीमा १३ वर्षअघि नै पुल निर्माण थालिए पनि अझै सम्पन्न भएको छैन । चार सय ६९.२ मिटर लामो पुलको काम २०६८ जेठ ३१ बाटै सुरु भएको थियो । तर, पटक-पटक म्याद थप भएर १० वर्षमा निर्माणको अन्तिम चरणमा पुगेको यो पुल २०७८ असार १७ मा सामान्य बाढी थेग्न नसकी भासिएको थियो ।

पुल भासिएपछि पुनः पुनर्निर्माण थालिए पनि अहिलेसम्म पुलको दुबै तर्फको पाया मात्र ठड्याइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ