२०८२ बैशाख २३ मंगलवार
२०८२ बैशाख २३ मंगलवार

दुबईमा अलपत्र नेपाली युवकको भिडिओ भाइरल भएपछि उद्दार गर्न संसद्‌मार्फत सरकारको ध्यानाकर्षण

काठमाडौँ । टिकटक लगायत सामाजिक सञ्जालमा आइतबारदेखि एक युवकको भिडिओ भाइरल भइरहेको छ । जहाँ ती युवकलाई दुबईको अलर्कटु भन्ने ठाउँमा नेपालीहरूले फेला पारेको भनिएको छ । 

ती युवक भाइरल भएपछि प्रतिनिधि सभा बैठकमा समेत उनको उद्दारको लागि पहल गर्न माग गरिएको छ । नेपाली काँग्रेसकी सांसद कान्तिका सेजवालले उद्दारको लागि मङ्गलबार प्रतिनिधि सभाको ध्यानाकर्षण गराएकी हुन् ।  

सांसद सेजवालका अनुसार भाइरल भएका युवक मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं १४ सुम्लि गाउँका दीपराज भण्डारी हुन् । उनी एक वर्ष अघि दुबई गएका थिए । दुबईमा रहेकै समयमा  उनी विगत तीन महिनादेखि सम्पर्क विहीन भएका थिए । 

सांसद सेजवालले भनिन्, “सभामुख मार्फत नेपाल सरकारको सम्बन्धित मन्त्रालयबाट उनको उद्धारका लागि ध्यानाकर्षण गराउन चाहन्छु,” उनले भनिन् ।  बेपत्ता भएका भण्डारी आफ्नै वडाका स्थानीय बासिन्दा रहेको छायाँनाथ रारा वडा नं १४ का अध्यक्ष जुन बहादुर खड्काले पुष्टि गरे ।  सम्पर्क विहीन भएदेखि नै परिवारको आग्रहमा खोजीको पहल गर्दै आएको उनले सुनाए । 

वडाध्यक्ष खड्काले भने, “चार महिना पहिले देखि नै उनी सम्पर्क विहीन भएका थिए । दुई महिना पहिले काठमाडौँमा गएर म्यान पावर र परराष्ट्र मन्त्रालयमा पनि बुझेको थिएँ । तर भिसा र पासपोर्ट नभएर केही गर्न सकिएन । दुबईमा एक जना भाइले उहाँलाई भेट्‍टाउनु भएछ । परराष्ट्र मन्त्रालयमार्फत उनको खोजी गर्न वडा र नगरपालिकाबाट समन्वय गरिरहेका छौँ ।”

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८२ १३:१८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट