काठमाडौं – तेह्रथुमको आठराई गाउँपालिका–३ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मन्दिर बनाउने क्रममा चट्याङ लागेर घाइते भएका सागर थिङलापुको उपचारका लागि पाँचथर जिल्ला अस्पताल पुर्याइएको थियो ।

चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
