२०८२ बैशाख २१ आईतवार
२०८२ बैशाख २१ आईतवार

रुघाखोकी लाग्दा कतिबेला चिकित्सकीय परामर्शमा जाने?

रुघाखोकीमौसम परिवर्तन हुँदा धेरै देखिने तथाजुनसुकै मौसममापनि देखिने सदावहार रोग नै हो। 

एलर्जी हुँदा कतिपयलाई रुघाखोकी लागि रहने हुन्छ । धुँलोधुवा तथा चिसोका कारण कतिपयलाई रुघाखोकी लागि रहन्छ । रुघाखोकीको कारण ज्वरो नआएमा त्यसलाई घरेलु उपचारबाट नै निको पार्न सकिन्छ। 

घरेलु उपचारका लागि धेरै पैसा खर्च गर्नुपर्दैन। यसले रोग प्रतिरोधी क्षमता समेत बढाउन सहयोग हुन्छ। 

रुघाखोकीमा घरेलु उपचार 

मौसम परिवर्तनसँगै धेरै देखिने समस्यामा रुघाखोकी पर्छ। मौसम परिवर्तन सँगै हाच्छ्यु आउने, चिसो लाग्ने,नाक बन्दहुने लगायतका समस्याहरु आइरहेका हुन्छन्। यस्तो अवस्थामाघरेलु उपचार गरेमात्यसले शरीरलाई नकारात्मक असर पर्नबाट जोगाउँछ। 

अदुवा र मह 
अदुवालाई पानीमाउमालेर महसँग खाँदा त्यसले रुघाखोकीको समस्यालाई कम गर्न सक्छ। यो रुघाखोकीको लागिनिकै प्रभावकारी समेत हुन्छ। 

तुलसी चिया
तुलसीको पातलाई राम्रोसँग पखालेर त्यसको चिया बनाएर पिउँदा पनि रुघा निको हुन सक्छ । यो पनि रुघाको निदानका लागि प्रभावकारी घरेलु उपचारमा पर्छ। 

दूध बेसार 
दूधलाई राम्रोसँग उमालेर बेसार मिलाएर खाएमापनि रुघाखोकीनिको बनाउनकालागि सहयोग पुग्नसक्छ। 

तातो पानीको बाफ
रुघा लागेको समयमा तातो पानीको बाफ लिएर घरमै निको बनाउन सकिन्छ। यो पनि रुघाको निदानमाप्रभावकारी उपचार हो। 

कतिपय अवस्थामा रुघाको लक्षणका आधारमायसको उपचार गर्नुपर्ने हुन्छ। 

रुघासँगै खोकी भएमा के गर्ने ?
रुघासँगै खोकीपनिभएको अवस्थामा खोकीको प्रकृतिअनुसार उपचार गर्नुपर्छ । रुघा सँगै खोकीभएमा जेठीमधुको पाउडरको चिया बनाएर पिउनु लाभदायक हुन्छ । 

यदि हाम्रो चिप्लो चिप्लो तथा सेतो प्रकृतिको कफआउने खोकी भएमा अदुवाको रसमा मह मिसाएर प्रयोग गर्नु तथा तुलसीको रस पनि फाइदाजनक हुन्छ। 

त्यस्तै ज्वरो सहितपहेलों प्रकृतिको रुघा छ भने त्यसका लागि भिन्न प्रकारको जडिबुटीको प्रयोग गरिन्छ । त्यसकारण कस्तो प्रकारको रुघा छ त्यहीअनुसारको उपचार गर्नुपर्ने हुन्छ। 

खानपान कस्तो हुनुपर्छ ?
सामान्यतया रुघाको समयमा शरीरलाई न्यानो गर्ने खानपान शैलीअपनाउनुपर्ने हुन्छ । यतिबेला शरीरमा रोग प्रतिरोधीक्षमताको विकास गर्ने खालका खानेकुराको सेवन गर्नुपर्छ। 

मौसम परिवर्तनसँगै बढी जस्तो चिसो मौसममा रुघाखोकी लाग्छ । यतिबेला पौष्टिक तत्व भएका खानेकुराको सेवन जरुरी हुन्छ । सकेसम्म प्रदुषणबाट बच्ने तथा नाकको सरसफाईमा पनि ध्यान दिनआवश्यक हुन्छ। 

घरमै बनाएको तथा झोलिलो खानेकुराको सेवनले रुघालाई निको बनाउन सहयोग गर्छ। 

कतिबेला चिकित्सकीय परामर्शमा जाने ?

रुघाखोकी सहित ज्वरो पनिआएको वा खोकी एकदमै भएको अवस्थामाभने तुरुन्तै चिकित्सकको परामर्शमा जानुपर्ने हुन्छ । सामान्यतया ३ देखि ७दिनसम्म पनि रुघाखोकी निको नभएमा चिकित्सकको परामर्श अनिवार्य मानिन्छ । त्यस्तै एकदमै ज्वरो आएमा, श्वासप्रश्वासमा समस्या भएमा पनि तुरुन्तै अस्पताल जानुपर्छ। 

सकेसम्म जीवनशैलीलाई स्वस्थ बनाउन सकेमा शरीरको प्रतिरक्षा प्रणाली बलियो हुन्छ।

जसका लागि खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ । 
शरीरमा रहेका विषाक्त पदार्थहरुलाई बाहिर निकाल्नका लागि समय समयमा रुघा लाग्नु राम्रो मानिन्छ । जसले शरीरको प्रतिरक्षा प्रणालीलाई समेत राम्रो बनाउन सक्छ । 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट