२०८२ श्रावण १ बुधबार
LATEST NEWS
२०८२ श्रावण १ बुधबार

६ जना गैर-कानुनी कामदार पक्राउ, ३६ हजार जरिवाना

०२ मे २०२५ 

गैर-कानुनी रुपमा साइप्रस बस्दै आएका ६ जनालाई साइप्रस प्रहरीले पक्राउ गरेको छ।  हिजो बिहिबार लार्नाका स्थित एक निर्माण क्षेत्रको छापामारीमा प्रहरीले ६ जना गैरकानुनी कामदार र ३ जना असाइलम आवेदन दिएका व्यक्ति पक्राउ गरेको हो। ति नौ जनालाई अवैध रोजगारी र अनधिकृत कामसँग सम्बन्धित कसुरको आरोपमा पक्राउ गरिएको हो। 

पक्राउ परेका नागरिक कुन देशका नागरिक हुन् भनेर प्रहरीले खुलाएको छैन।  गैर कानुनी कामदारलाई रोजगारी दिएको भन्दै रोजगारदातालाई लार्नाका प्रहरी चौकीमा उपस्थित गराइएको थियो। 

रोजगारदाताले  ६ जनालाई गैर कानुनी कामदार राखेको भन्दै ३६ हजार युरो जरिवाना गरेको छ।  प्रहरीले  अवैध रोजगारी विरुद्ध लड्न प्रयास जारी रहने बताएको छ।

 

छुटाउनुभयो कि ?