२०८२ बैशाख १८ बिहीबार
२०८२ बैशाख १८ बिहीबार

क्यान्सरका भारतीय डाक्टर पंकज बर्मनको अवैध अभ्यास पुष्टि, मेडिकल काउन्सिलले गृहप्रशासनलाई लेख्यो कारबाहीका लागि पत्र

काठमाडौं- भारतीय क्यान्सर रोग विशेषज्ञ डा पंकजकुमार बर्मनले नेपालमा अवैध अभ्यास गरिरहेको पुष्टि भएको छ।  स्वास्थ्य खबरले ‘अवैध अभ्यास’मा डा पंकज: क्यान्सरको ‘नक्कली औषधि’ सिफारिस प्रकरणमा मुछिए शिर्षकमा समाचार प्रकाशित गरेको थियो। 

नेपाल मेडिकल काउन्सिलले उनको लाइसेन्स नविकरण नगरेपनि अभ्यास गरिरहेको काउन्सिलको छानविनमा समेत पाइएको थियो। विदेशी चिकित्सक दर्ता सम्बन्धी हेर्ने काउन्सिलको  कमिटी (एफएनडी)ले  कारबाहीको निर्णय गरेको हो। जुन कमिटिको अध्यक्ष रहेका डा अनिल कार्कीले भने,  ‘काउन्सिल लाइसेन्स बिना चिकित्सा अभ्यास गरिएको भेटिएपछि हामीले कारबाहीको निर्णय गरेका हौं।’

उक्त कमटीको निर्णय अनुसार गृह प्रशासनलाई पत्र लेखि पठाएको काउन्सिलका रजिष्ट्रार डा सतिश देवले जानकारी दिएका छन्। उनका अनुसार गृहप्रशासनका साथै लाइसेन्स नवीकरण नगरी काममा लगाउने चितवन मेडिकल कलेजलाई समेत पत्र लेखिएको छ। डा देवले भने,  ‘लाइसेन्स नवीकरण नगरेको चिकित्सकलाई काममा लगाउन पाइदैन। त्यसैले काममा लगाउने संस्थालाई पनि पत्र लेखिएको हो।’

नेपाल मेडिकल काउन्सिल ऐन २०२० (संशोधन २०७४) अनुसार लाइसेन्स बिना चिकित्सा सम्बन्धी कामकारबाही गर्न पाइँदैन। दफा २६ मा दर्ता किताबमा नाम दर्ता नभएका व्यक्तिहरूले चिकित्सा सम्बन्धी व्यवसाय गर्न मनाही गरिएको छ। उपदफा १ मा भनिएको छ,  ‘दर्तावाला चिकित्सकहरू बाहेक अरू व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपले आधुनिक चिकित्साको व्यवसाय गर्न पाउने छैन।’ कसैले उक्त दफा बमोजिम कसूर गरेमा निजलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

डा बर्मन भारतीय नागरिक भएकाले हरेक वर्ष दर्ताका लागि नेपाल मेडिकल काउन्सिलमा निवेदन दिनुपर्छ। काउन्सिललाई मनासिव लागेमा नवीकरण गर्ने प्रावधान छ।

डा बर्मनको लाइसेन्स (दर्ता) २०२४ अक्टोबर २ मै सकिएको देखिन्छ। मेडिकल अन्कोलोजिस्टका रुपमा दर्ता भएका उनको लाइसेन्स ‘रिन्यु’  भएको छैन। रजिष्ट्रार देवका अनुसार उनको अन्तिम दर्ता चितवन मेडिकल कलेजबाट देखिन्छ। त्यो अक्टोबर २ मा सकिएको छ। 

डा बर्मनले नेपालमा २०१७ देखि काम गर्दै आएको देखिएको छ। सुरुमा उनले बीएण्डबी अस्पतालमा केही वर्ष काम गरेका छन्। त्योबेला पनि उनले त्यहाँका लागि लाइसेन्स लिएर अन्य अस्पतालमा काम गरेको भन्दै विवाद भएको थियो। त्योबेला नेपाल मेडिकल काउन्सिलमा समेत उजुरी परेको रेकर्डमा देखिन्छ।

डा बर्मन ‘क्यान्सरको नक्कली औषधि’ सिफारिस प्रकरणमा  समेत मुछिएका छन्। क्यान्सरको नक्कली औषधि बनाएर बिक्री गरेको आरोपमा पक्राउ परेको भारतीय गिरोहसँग सम्बन्ध रहेको विषयलाई लिएर नेपाल मेडिकल काउन्सिल र  जिल्ला अदालत ललितपुरमा मुद्दा परेको छ। उनको मुद्दा भने नेपाल मेडिसिटी अस्पतालमा कार्यरत रहँदाको हो। 

‘अवैध अभ्यास’मा डा पंकज: क्यान्सरको ‘नक्कली औषधि’ सिफारिस प्रकरणमा मुछिए

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट