२०८२ बैशाख १८ बिहीबार
२०८२ बैशाख १८ बिहीबार

मेटा एआईको छुट्टै एप सार्वजनिक, च्याटसँगै शेयर, कमेन्ट र रिमिक्स गर्न सकिने

काठमाडौँ । सामाजिक सञ्जाल कम्पनी मेटाले आफ्नो एआई च्याटबट ‘मेटा एआई’ को छुट्टै एप सार्वजनिक गरेको छ । यस एपमा च्याट, इमेज जेनेरेसन, रियल-टाइम वेब रिजल्ट जस्ता सामान्य सेवा त छन् नै, नयाँ प्रयोगको रूपमा ‘डिस्कभर फिड’ फिचर पनि छ ।

यस फिडमा प्रयोगकर्ताले मेटा एआईसँग गरेका संवादहरू सार्वजनिक गर्न चाहेमा आफ्ना साथीहरूसहित सबैलाई देखाउन सक्नेछन् । यस फिडमा देखिने एआई अन्तर्क्रियामा लाइक, कमेन्ट, शेयर वा ‘रिमिक्स’ जस्ता सामाजिक सञ्जालका सुविधाहरू प्रयोग गर्न सकिने मेटाले जनाएको छ ।

मेटामा प्रडक्ट डिपार्टमेन्ट हेर्ने कोनर हायसका अनुसार एआईको प्रयोगबारे प्रयोगकर्तालाई बुझाउन र सहज बनाउन यस फिचरले सहयोग गर्छ ।

मेटा एआई एपमा भ्वाइसमार्फत कुराकानी गर्न सकिने ‘फुल डुप्लेक्स’ भर्सनको बेटा संस्करणसमेत सुरु गरिएको छ, जसले प्रयोगकर्तालाई थप स्वाभाविक र प्रत्यक्ष संवाद गर्ने वातावरण दिन्छ । अमेरिकालगायत क्यानडा, अष्ट्रेलिया र न्यूजिल्याण्डमा यो सेवा सुरु गरिएको छ । अहिलेको संस्करणमा यसले वेबबाट जानकारी लिन सक्दैन ।

मेटाले आफ्नो एआई असिस्टेन्टलाई सामाजिक सञ्जालसँग एकीकृत गर्न थालेको यो पहिलो प्रयास भने होइन । यसअघि इन्स्टाग्राम, फेसबुक र ह्वाट्सएपको सर्च बारमा मेटा एआई राखिसकेको कम्पनीले ‘standalone’ एपमार्फत अब अझ सहज पहुँच दिने प्रयास गरेको हो । मेटाका अनुसार यी प्ल्याटफर्ममार्फत एआई सेवामा करिब एक अर्ब प्रयोगकर्ताको पहुँच भइसकेको छ ।

मेटा एआई एपको पछिल्लो संस्करण स्मार्ट चश्मा ‘रे-ब्यान मेटा’ प्रयोगकर्ताका लागि पुरानो ‘भ्यू एप’ को स्थानमा आएको हो । एपमा चश्माबाट लिइएका तस्बिर तथा भिडियो हेर्न सकिने फिचर पनि यथावत् राखिएको छ ।

कम्पनीले स्मार्ट चश्माका लागि छोटो समयमा भाषा अनुवाद गर्न सक्ने फिचर थपिसकेको छ भने आगामी संस्करणमा सानो हेड्स-अप डिस्प्ले रहने नयाँ मोडेल पनि ल्याउने तयारी छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८२ २१:४५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट